७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस अधिवेशन: ललितपुरमा देउवा पक्ष बलियो

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ललितपुरमा भएको पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको हो।

६ पालिकामध्ये चारमा देउवा पक्ष विजयी भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका दुई जनाले पालिकाको नेतृत्व पाएका छन्। तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।  

बागमती गाउँपालिका, महांकाल गाउँपालिका र गोदावरी नगरपालिकामा देउवा समूहका निर्विरोध सभापतिमा चयन भएका हुन्। 

बाँकी तीन पालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो। कोञ्ज्योसोम गाउँपालिक, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने मतदानबाट नेतृत्व चयन भएको थियो।  

यी हुन् देउवा पक्षले नेतृत्व लिएका पालिका र पदाधिकारी : 

बागमती गाउँपालिका  

सभापति – वीरबहादुर लामा

उपसभापति – जगत लो

उपसभापति – ओमनाथ तिमल्सिना आकाश

सचिव–सुजन घिमिरे  

सचिव – डोलकेशर दाहाल

सहसचिव – कल्याण लामा

सहसचिव –केदारमान भुलुन

कोषाध्यक्ष– विष्णुबहादुर बस्नेत  

 

 महांकाल गाउँपालिका

सभापति – खोमप्रसाद दाहाल

उपसभापति – पुरूषोत्तम घिमिरे  

उपसभापति – ठक्कर प्रसाद घिमिरे

सचिव –  बालकृष्ण तिमल्सिना  

सचिव – बाबुलाल स्याङ्तान  

सहसचिव – केशव सुवेदी  

सहसचिव – सुभास बजगाईं  

 

 गोदावरी नगरपालिका

सभापति – प्रदीप जोशी

उपसभापति – कवि बस्नेत  

उपसभापति –राजेशध्वज कार्की

सचिव – उपेन्द्र आचार्य  

सचिव–राजेन्द्र महर्जन

सहसचिव– बसन्तराम डंगोल  

सहसचिव–ज्ञानबहादुर थिंङ  

ललितपुर महानगरपालिका

सभापति – शुभानन धाख्वा

उपसभापति – रामकुमारी लिम्बु

उपसभापति– निशा महर्जन  

सचिव –  राजु ताम्राकार  

सचिव – सुनिल कुमार थापा

सहसचिव – कुमार श्रेष्ठ  

सहसचिव – प्रकाश महर्जन

 

यी हुन् पौडेल पक्षले नेतृत्व लिएका पालिका र पदाधिकारी  

कोञ्ज्योसोम गाउँपालिका पौडेल

सभापति – सरोज घलान

उपसभापति– सुरेन्द्र घलान

उपसभापति– सत्यमान घिसिङ  

सचिव–   श्याम के.सी  

सचिव– नन्द राज भोम्जन

सहसचिव– बाबुकाजी थिङ

सहसचिव– सोमबहादुर गोले  

 

महालक्ष्मी नगरपालिका

सभापति – दिवाकर सिलवाल

उपसभापति– सुमन के.सी

उपसभापति– विवेककुमार कार्की

सचिव–   नन्द के.सी.  

सचिव– विष्णुकुमार चन्द

सहसचिव – सञ्चिता परियार

सह सचिव – अवशेष श्रेष्ठ  

महालक्ष्मीमा नेतृत्व चयनमा निकै प्रतिस्पर्धा भएको थियो। देउवा पक्षका सुशील खड्कालाई दुई मतले पारजित गर्दै दिवाकर सिलवाल सभापतिमा निर्वाचित भएका हुन्। खड्काको चार मत भने बदर भएको थियो।  

प्रकाशित: १२ आश्विन २०७८ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App