९ आश्विन २०८१ बुधबार
image/svg+xml

पाँच वर्षभित्र विकासको छनक दिन्छौं : मुख्यमन्त्री गुरुङ

‘१८ औँ शताब्दीमा रोमको चर्चा निकै हुन्थ्यो, रोम एकैदिनमा बनेको होईन, अहिलेको पोखरा पनि एकैदिनमा बनेको होइन, विकास गर्न समय लाग्छ।

हामी चिल्लो पात बन्छौँ : मुख्यमन्त्री गुरुङ

‘१८ औँ शताब्दीमा रोमको चर्चा निकै हुन्थ्यो, रोम एकैदिनमा बनेको होइन, अहिलेको पोखरा पनि एकैदिनमा बनेको होइन, विकास गर्न समय लाग्छ, ५ वर्षभित्रमा हामीले पनि गण्डकी प्रदेशको विकासको छाँट र छनक देखाउनेछौँ’, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘हुने बिरुवाको चिल्लो पात भन्छन् नि, हो हामी हुने बिरुवाको चिल्लो पात हुन्छौँ, नकि गैँडाको जिब्रो जस्तो खस्रो।’

राजनीतिक तुरुप कि सांस्कृतिक?

‘उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको १२ डिसेम्बरमा हुने जनकपुरधाम यात्रा नितान्त सांस्कृतिक हुनेछ,’ काठमाडौंस्थित भारतीय दूतावासले नागरिकसँग भन्यो। दूतावास स्रोतका अनुसार योगीले रेलसेवा शिलान्यास गर्नेछैनन्, विवाह पञ्चमीमा जन्तीका रूपमा जनकपुरधाम आएर सोही दिन जन्तीकै रूपमा फर्कनेछन्। योगी निकटस्थका अनुसार जन्तीकै रूपमा पुनः अयोध्या फर्किएपछि महत्वपूर्ण घोषणा हुन सक्छ, जसले राजनीतिमा विशेष महत्व राख्छ।

समृद्ध नेपाल नभएसम्म विश्राम लिन्नः मुख्यमन्त्री पौडेल

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान सफल नभएसम्म विश्राम नलिने बताएका छन्।

विकासको दायित्व कर्णालीवासीकै हातमा : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको दायित्व कर्णालीवासीकै हातमा रहेको वताएका छन्।

मुस्लिम दलितलाई आरक्षण दिन मुख्यमन्त्री राउतको माग

मुस्लिम समुदाय भित्र रहेका दलितलाई अन्य दलितसरह आरक्षण दिन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारसँग माग गरेका छन्।

मुख्यमन्त्री राईको भ्रमण ‘विवाद’ मा

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमण विवादमा परेको छ। उपचारका लागि थाइल्यान्ड गएका राई त्यहाँबाट अमेरिका पुगेका छन्।

मुख्यमन्त्री शेरधन राईका सहयोगीद्वारा अमेरिकामा पत्रकार कुटिए

समाचार लेखेको विषयलाई लिएर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका मुख्य सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले शुक्रबार न्यूयोर्कमा पत्रकार लोकमणि राईलाई कुटेका छन्।

आईपुग्यो मुख्यमन्त्रीका लागि विद्युतीय जीप

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका लागि चीनमा निर्मित विद्युतीय जीप ल्याइएको छ। करिब दश बर्षपछि प्रदेशका केही शहरमा पेट्रोलियम सवारीसाधन प्रतिवन्ध लगाउने तयारी गरेको सरकारले मुख्यमन्त्रीबाट त्यसको शुरुवात गर्न लागेको हो।

मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय भैंसेपाटीमा

सरकारले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको काठमाडौंमा छुट्टाछुट्टै सम्पर्क कार्यालय खोल्ने तयारी गरेको छ।

केन्द्रले शिक्षामा हेपाहा व्यवहार गर्‍याे : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री शेख लालबाबु राउत गदीले शिक्षामा केन्द्र सरकारले हेपाहा प्रवृत्ति राखेर व्यवहार गरेकोले मधेस पछाडी परेको आरोप लगाएका छन्।

मुख्यमन्त्री गुहार्दै केरा किसान

भारतीय केरा रोक्न माग गर्दै किसानहरुले तीनवटा प्रदेशका मुख्यमन्त्री गुहारेका छन् । उनीहरुले सुदूरपश्चिम प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई भेटेर यस्तो माग गरेका हुन्।

कर्णाली प्रतिष्ठानलाई व्यक्तिगत लाभको थलो बन्न दिन्नाैं : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई व्यक्तिगत लाभ आर्जन गर्ने थलो बन्न नदिने बताएका छन।

आत्मनिर्भर कर्णालीलाई परनिर्भर बनाइयोः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिजोको आत्मनिर्भर कर्णालीलाई अहिले परनिर्भर बनाइएको बताएका छन्।

दलाल र भ्रष्ट मानसिकताले कर्णाली वन्दैन : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले स्थानीय तहले भ्रष्टाचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनीतिक व्यवस्थाका विरुद्ध जनमत वन्ने वताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्