पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पर्यटनको लगानीमा बढाएको हौसला
पोखराका धेरै पर्यटन व्यवसायीले अहिले पर्यटन क्षेत्रमा लगानी गरिरहेका छन। ती सबै व्यवसायी पोखरा अन्तर्राष्ट्रिय यो विमानस्थलप्रति निकै नै आशावादी छन। व्यवसायीले लगानी बढाउन चाँसो दिनुमा यहाँको अन्तर्राष्ट्रिय विमानस्थल मुख्य कारण बताउँदै आएका छन्। व्यवसायीले अहिलेभन्दा बढी संख्यामा पर्यटक भित्र्याउन विमानस्थलले सघाउने बताएका छन्। कतिपय व्यवसायीले पूर्णरुपमा नयाँ संरचना बनाईरहेका छन् भने केहीले भने लगानीको आकार बढाइरहेका छन्।