१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

२२ औं आहारारा पोखरा गोल्डकपः धरानले सहारालाई हरायो

प्रकाश बुढाथोकीको निर्णायक गोलमा धरान फुटबल क्लवले आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणकमा विजयी शुरुवात गरेको छ।  

बिहीवार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् शुरुवात गर्दा धरानले १२ वर्षपछि पोखरा रंगशालामा जित निकाल्न सफल भएको हो। धरानलाई जित दिलाउन प्रकाशले खेलको पाँचौँ मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए। यस जितसँगै धरानले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

धरानले शनिबार हुने क्वार्टरफाइनलमा साबिकको विजेता नेपाल एपिएफ क्लवकोसँग प्रतिष्पर्धा गनेर्छ। खेलको चौथो मिनेटमा धरान फुटबल क्लवले पाएको फ्रिकिक अवसरलाई नै गोलमा परिणत भएपछि धरानले सहारा क्लवमाथि ऐतिहासिक जित दर्ता ग¥यो। सहाराका भावगत चौधरीले डिबक्सबाहिर फउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त ग¥यो। चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रिकिकमा बुढाथोकीले नै गोल गरेका हुन्। गोल्डकपको दोस्रो दिन पुस १५ गते शुक्रबार नेपाल पुलिस क्लव र चर्च ब्वाईजबीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: १४ पुस २०७९ १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App