मनाङेलाई भौतिक र फणिन्द्रलाई उर्जा मन्त्रालय
गण्डकी प्रदेशमा मन्त्रीपरिषद बिस्तार भएको छ। विश्वासको मत पाएको भोलिपल्टै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीपरिषद बिस्तार गरेका हुन्।
गण्डकी प्रदेशमा मन्त्रीपरिषद बिस्तार भएको छ। विश्वासको मत पाएको भोलिपल्टै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीपरिषद बिस्तार गरेका हुन्।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज लिने भनिएको विश्वासको मत २८ गते सार्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो राजनीतिक अस्थिरता मुलुकको विकास र जनताका लागि घातक बनिरहेको बताएका छन्।
लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु रहेको पाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आज बुझाइएको महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ अनुसार त्यस्तो पाइएको हो ।
जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले प्रदेशहरुमा भुगोल र जनसङ्ख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताएका छन।
गण्डकी प्रदेशमा भोलीबाट हुन लागेको श्रमाधान रोजगार मेलाको तयारी पूरा भएको छ। पोखराको इभेन्ट सेन्टरमा हुन लागेको मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए।
संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा “मधेस प्रदेश श्रमाधान रोजगार मेला“ मधेस प्रदेशको जनकपुरमा सफलतापूर्वक सम्पन्न भएको छ।मधेस प्रदेशको जनकपुरको उद्योग वाणिज्य संघको सभा हलमा आयोजित मेलामा करिब ६ हजार व्यक्तिले अवलोकन गरेका छन्।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष सरोज खनालले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराएका हुन ।
गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा घरेलु टोली म्याग्दी ए च्याम्पियन बनेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना ‘गरेको श्रमाधान रोजगार मेला’ मधेश प्रदेशको जनकपुरमा आगामी शनिबार देखि सुरु हुने भएको छ ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ लिएका छन। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई सपथग्रहण गराएका हुन्।
पोखरामा गण्डकी प्रदेशस्तरीय नागरिक सम्मेलन हुने भएको छ। गैरसरकारी संस्था (गैसस) महासंघको आयोजना तथा नागरिक संस्थाहरुको समन्वय र गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा जेठ ११ र १२ गते नागरिक सम्मेलन हुने आयोजकले बताएको छ।
उदयपुरको कटारीमा सञ्चालित नगर अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्दै ‘प्रादेशिक अस्पताल’ को मान्यता दिने निर्णय भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशमा असंवैधानिक रूपमा सरकार गठन गरिएको ठहर गरेको छ।
गण्डकी प्रदेश सरकार गठनमा सभामुखले धारा १८६ प्रयोग गर्नु गैरसंवैधानिक भएको कांग्रेसले जनाएको छ।