२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एघार संस्थालाई धितोपत्र व्यवसायी अनुमति

नेपाल धितोपत्र बोर्डले विभिन्न ११ संस्थालाई धितोपत्र व्यवसायीको अनुमति दिएको छ। बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ११ संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिएको जनाएको छ।

१६ कम्पनीले पाए धितोपत्र कारोबार गर्ने आशयपत्र

नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई नयाँ ब्रोकर कम्पनी सञ्चालनका लागि आशयपत्र (एलओआई) दिने निर्णय गरेको छ। बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले आवदेन दिएका ४५ कम्पनीमध्ये पहिलो चरणमा १६ कम्पनीलाई मात्रै आशयपत्र दिने निर्णय गरेको हो।

बोर्डद्वारा स्टक लाइसेन्सको पुनः आवेदन माग

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न, सिफारिस एवं वस्तु विनियम बजार सञ्चालन गर्न र कम्पनी संस्थापन गर्न पूर्व स्वीकृतिका लागि पुनः आवेदन माग गरेको छ।

छोराको शुल्क तिर्न आमाको तिलहरी धितो

शुल्कका लागि पैसा जुटाउन उनले घरमा पालेको खसी बेच्ने सोच बनाएकी थिइन्। तर गाउँमा मान्छे मरेकाले उनले सोचेअनुसार हुन सकेन।

सेयर ब्रोकरका २० शाखा खोल्न अनुमति

सेयर कारोबारलाई सहज बनाउन नेपाल धितोपत्र बोर्डले एकै पटक शेयर ब्रोकरका २० वटा शाखा खोल्ने अनुमति दिएको छ।

सोलार फार्मको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सोलार फार्मले कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

धितोपत्र नियमावली संशोधनविरुद्धको रिट खारेज

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, सपना प्रधान मल्लको संवैधानिक इजलासले बुधबार उक्त रिट निवेदन खारेज गरिदिएको हो।

५७ अंकले घट्यो नेप्से

नेप्से साताको कारोबारको पाँचौं दिन बिहिबार उच्च अंकले घटेको छ। कारोबारको सुरुवातदेखि नै ओरोलो लागेको नेप्से अन्तिममा उच्च अंकको गिरावट भएर बन्द भएको हो।

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ अङ्कमा पुगेको छ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ।

धितोपत्र बजारः सात अर्ब २० करोडको आइपिओ बिक्री, सात अर्बकै प्रतीक्षा

पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ। साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि बजार विस्तार भएको पाइएको छ।

'शेयर कारोबार सुरक्षित बनाउनुपर्ने'

प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए।

ग्लोबल आइएमई बैंकको मुद्दती धितो कर्जा अनलाइनबाटै

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्ने भएका छन्।

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन

सूचना अनुसार यसअघि आवेदन दर्ता गरेका आवेदकले पुनःअध्यक्ष पदका लागि आवेदन दर्ता गराउनुपर्नेछ। यसअघि ११ जनाले अध्यक्ष पदका लागि आवेदन दर्ता गराएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्