४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एघार संस्थालाई धितोपत्र व्यवसायी अनुमति

नेपाल धितोपत्र बोर्डले विभिन्न ११ संस्थालाई धितोपत्र व्यवसायीको अनुमति दिएको छ। बोर्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ११ संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिएको जनाएको छ।

बोर्डका अनुसार नविल सेक्युरिटल लिमिटेडलाई धितोपत्र व्यापारीको अनुमति दिइएको छ। त्यस्तै, मेघा स्टक मार्केट्स लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति दिइएको छ।

त्यसैगरी, एलिट स्टक हाउस लिमिटेड लाजिम्पाट, इन्फिनिटी सेक्युरिटिज लिमिटेड सुन्धारा, इन्डेक्स सेक्युरिटिज लिमिटेड डिल्लीबजार, शुभकामना सेक्युरिटिज प्रालि र हातेमालो फाइनान्सिङ सर्भिसेज प्रालिलाई सीमिति कार्य गर्ने गरी मात्रै धितोपत्र दलालको अनुमति दिइएको छ।

माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड, केविएल सेक्युरिटिज लिमिटेड, कलश स्टक मार्केट लिमिटेड र नवील सेक्युरिटिज लिमिटेडले पनि सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन्।

प्रकाशित: २३ जेष्ठ २०८० ०७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App