४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विवादित घोराही सिमेन्टको आईपीओ पुन खुल्ला गर्ने बोर्डको निर्णय

फाइल तस्बिर

विवादित बनेको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ पुनः सुचारु हुने भएको छ।

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको अनलाइन प्रणाली सी-आस्वा दर्ता भएका आवेदनहरुमा आवेदकले सेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता गर्न सक्ने गरी आईपीओ निष्कानस प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

यस्तै आवेदन फिर्ता वा थपघट गर्न निष्कासन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले तीन दिनको समय दिने निर्णय भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

यदि ३ दिनको अवधिमा कम्पनीको सबै सेयर बिक्री नभएमा थप ७ दिनको समय मात्रै थप गर्न सक्ने गरी धितोपत्र बोर्डले निर्णय गरेको छ।

प्रकाशित: २० असार २०८० ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App