२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सेयर ब्रोकरका २० शाखा खोल्न अनुमति

सेयर कारोबारलाई सहज बनाउन नेपाल धितोपत्र बोर्डले एकै पटक शेयर ब्रोकरका २० वटा शाखा खोल्ने अनुमति दिएको छ। ‘धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ अनुसार ११ वटा ब्रोकर कम्पनीलाई विभिन्न जिल्लामा शाखा विस्तार गर्न अनुमति दिएको हो।

निर्देशिका जारी भएपछि कम्पनीले शाखा खोल्न अनुमति माग गरेका थिए । धितो पत्र बोर्डका अनुसार एउटा कम्पनीलाई अधिकतम ६ वटा शाखा खोल्न अनुमति दिएको छ।

सबैभन्दा धेरै ६ स्थानमा शाखा खोल्न भृकुटी स्टक ब्रोकिङ कम्पनीले अनुमति पाएको छ। भृकुटीले पर्साको वीरगन्ज, काभ्रेको धुलिखेल, सुर्खेतको वीरेन्द्रनगर, महोत्तरीको बर्दिबास, म्याग्दीको बेनी र दोलखाको चरीकोटमा शाखा खोल्न अनुमति पाएको छ।

त्यसैगरी, भिजन सेक्युरिटिज प्रालिले कपिलवस्तुको चन्द्रौटा, इलामको इलाम बजार र कैलालीको टीकापुरमा शाखा खोल्ने अनुमति पाएको छ। यसैगरी, निभ सेक्युरिटिज प्रालिले सर्लाहीको हरिवन र कैलालीको अत्तरिया, सुन्धारा सेक्युरिटिज प्रालिले बाराको सिमरा र चितवनको पर्सामा शाखा खोल्ने अनुमति पाएका छन्।

त्यसैगरी, बोर्डले इम्पेरियल सेक्युरिटिजलाई धादिङको धादिङबेंसी, थ्राइभ ब्रोकरलाई तनहुँको दमौली, क्रिएटिभ सेक्युरिटिजलाई पाल्पाको तानसेन, आशुतोष सेक्युरिटिजलाई सिराहाको मिर्चैया, कालिका सेक्युरिटिजलाई महोत्तरीको बर्दिबास, त्रिशक्ति सेक्युरिटिजलाई कञ्चनपुरको महेन्द्रनगर, मिडास स्टकलाई गोरखाको गोरखा बजारमा शाखा खोल्न अनुमति दिएको हो।

बोर्डले निर्देशिकामा न्यूनतम चुक्ता पुँजीमा डेढ करोड थप गरेपछि एक शाखा खोल्न सक्ने व्यवस्था गरेको थियो। विगतमा ब्रोकरको शाखा खोल्न लागि लामो समय कुनुपर्ने व्यवस्था थियो। निर्देशिका जारी भएपछि ब्रोकर कम्पनीहरूले दिएको निवेदनउपर बोर्डले १५ दिनभित्रै जाँचबुझ गरेर शाखा कार्यालय सञ्चालन गर्ने अनुमति दिन थालेको बोर्डले जनाएको छ। 

प्रकाशित: २६ फाल्गुन २०७९ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App