२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नवनियुक्त प्रधानन्यायाधीशलाई सर्वोच्चमा भव्य स्वागत, शपथपछि बधाईको ओहिरो (तस्बिरहरु)

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहणपछि राउतलाई सर्वोच्च अदालत परिसरमा औपचारिक स्वागत गरिएको छ। उनले न्याय प्रशासनलाई अगाडि बढाउन आफ्नो भूमिका महत्वपूर्ण हुने बताएका छन्।

राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राउतले औपचारिक रूपमा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि सभामुख, प्रधानमन्त्रीलगायत उच्च पदाधिकारीहरूले उनलाई बधाई तथा शुभकामना दिए।

असोज १६ गतेको संसदीय सुनुवाइ समितिमा सर्वसम्मतिले अनुमोदन भएसँगै संविधानको धारा १२९ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।

तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २० आश्विन २०८१ १६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App