२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘चीनमा जे हुन्छ, त्यसले संसारमा प्रभाव पार्छ’

न्यु योर्कका धितो बजार व्यापारी, सेनचेनका कारखानाका मजदुर, सिओलका ढुवानी कम्पनी, हानचाओका प्रविधि तथा थोक व्यापार कम्पनी र पेरिसका सौखिन फेसन व्यापारीबीच एउटा कुरा साझा छ। त्यो हो– चिनिया“ अर्थतन्त्रको अवस्थाले उनीहरूलाई कुनै न कुनै रूपमा प्रभावित पारेको हुन्छ।

लगानी सम्मेलनलाई असर पर्ने गरी आन्दोलन नगर्न आग्रह

लगानी सम्मेलनको पूर्वसन्ध्यामा केही लगानीकर्ताले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि नेपाल धितोपत्र बोर्डले सेयर बजार प्रतिकूल गतिविधि नगर्न आग्रह गरेको छ। लगानीकर्ताले सेयर बजार सुधारको माग गर्दै आन्दोलन चर्काउन थालेपछि बोर्ड यस्तो आग्रह गर्न बाध्य भएको हो।

पाँच लाख बढीको सेयर कारोबार गर्न प्यान अनिवार्य

आगामी वैशाख १ गतेदेखि पाँच लाख रुपैयाँ र सोभन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताले अनिवार्य रुपमा प्यानको दायरामा आउनुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै तत्काललाई पाँच लाखभन्दा बढीको कारोबार गर्नेहरुलाई अनिवार्य रुपमा प्यानको दायरामा ल्याएको हो।

१५ कम्पनीको पौने १३ अर्बको आईपीओ स्वीकृत

धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा १५ वटा कम्पनीहरूले १२ अर्ब ६९ करोड मूल्यको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि अनुमति दिएको छ। बोर्डले विभिन्न आईपीओ निष्कासनका लागि माग गरेका कम्पनीलाई करिब पौने १३ अर्ब मूल्य बराबरको १२ करोड ६९ लाख ५२ हजार पाँच सय ४० कित्ता सेयर निष्कासन गर्न स्वीकृती दिएको हो।

पाँच अङ्कले घट्यो शेयर बजार

साताको पहिलो दिन आइतबार धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा पुगेकाे छ।

प्रदेश सरकारले बेरोजगारलाई उद्यम गर्न बिना धितो कर्जा दिने

सुदूरपश्चिम प्रदेशको शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले विपन्न वर्ग र बेरोजगारलाई उद्यममा संलग्न गराउन तयार पारेको सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ लाई संसदमा पठाउन स्वीकृति प्रदान गरेको छ। यो बिधेयक पास भएपछि विपन्न, पछाडी परेका समुदाय र बेरोजगार जो कोहीले पनि उद्यम, व्यवसाय र सीपमुलक काम गर्न नागरिकताको प्रमाणपत्र वा शैक्षिक प्रमाणपत्रका आधारमा बिना धितो अत्यन्त सस्तो ब्याजमा कर्जा पाउने आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताएका छन्।

सात अङ्कले घट्यो शेयर बजार

धितोपत्र बजारमा साेमबार शेयरको मूल्य घटेको छ। लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव २१ विन्दुले घटेर १ हजार १०२ दशमलव ५१ विन्दुमा झरेको छ।

जलविद्युत्मा जनताको लगानीका लागि विशेष कानुन

नेपाल धितोपत्र बोर्डले जलविद्युत्मा जनताको लगानी सम्बन्धमा विशेष कानुनी व्यवस्था गरेको छ। नेपालको जलविद्युत्को विकासमा सर्वसाधारण नागरिकलाई सहभागी गराउने उद्देश्यले सरकारले ल्याउन लागेको जनताको जलविद्युत् कार्यक्रम अनुसार सर्वसाधारण जनताको लागि व्यवस्था गरिएको ४९ प्रतिशत स्वःपुँजी संकलनको लागि गरिने सेयर निष्कासन तथा बाँडफाँडलाई व्यवस्थित गर्ने सम्बन्धमा विशेष कानुनी व्यवस्था गरिएको हो।

धितोपत्र बजार तीन अङ्कले घट्यो

धितोपत्र बजारमा आइतबार शेयरको मूल्य सामान्य विन्दुले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३ दशमलव १५ विन्दुले घटेर एक हजार १०९ दशमलव ७२ विन्दुमा पुगेको छ।

शेयर बजार : दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा आइतवार शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ।

शेयर बजारमा सामान्य सुधार

धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा वृद्धि भएको छ। कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ।

शेयर बजारमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा मंगलबार (आज) पनि शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर १ हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको छ।

कमजोर रेटिङलाई आइपीओ प्रतिबन्ध

कमजोर रेटिङ पाएका संस्थाले प्राथमिक सेयर निष्कासन (आइपीओ) गर्न नपाउने भएका छन्। अहिलेसम्म धितोपत्र बोर्डले भने जस्तो कमजोर रेटिङ पाउनेमा हाइड्रोपावर कम्पनी छन्।

साताको शेयर बजार : रु एक अर्ब ६६ करोडको कारोवार

धितोपत्र बजारमा यस साता रु एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ।

धेरै डिम्याट खाता नराख्न स्टकको आग्रह

नेपाल स्टक एक्सचेन्जले एक हितग्राही खाता (डिम्याट) मा मात्रै कारोबार गर्न आग्रह गरेको छ। पूर्ण स्वचालित कारोबार प्रणाली लागू गर्दै त्यसमा बैंकलाई समेत आबद्ध गरेको सन्दर्भमा मंगलबार स्टकले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लगानीकर्ताले बढीमा दुईवटा हितग्राही खाता खोल्न सक्ने व्यवस्था भए पनि धितोपत्र दलाल व्यवसायीसँग एउटामात्रै खातामा आबद्ध हुन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्