१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

१५ कम्पनीको पौने १३ अर्बको आईपीओ स्वीकृत

काठमाडौं – धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा १५ वटा कम्पनीहरूले १२ अर्ब ६९ करोड मूल्यको प्राथमिक सेयर निष्कासन (आईपीओ) का लागि अनुमति दिएको छ। बोर्डले विभिन्न आईपीओ निष्कासनका लागि माग गरेका कम्पनीलाई करिब पौने १३ अर्ब मूल्य बराबरको १२ करोड ६९ लाख ५२ हजार पाँच सय ४० कित्ता सेयर निष्कासन गर्न स्वीकृती दिएको हो। सेयर निष्कासनका लागि स्वीकृत पाएका कम्पनीमध्ये १२ वटा हाइड्रोपावर र तीन वटा माइक्रोफाइनान्स रहेका छन्।

सो सेयर मध्ये चार अर्ब ३० करोड ७८ लाख ३३ हजार मूल्य बराबरको चार करोड ३० लाख ७८ हजार तीन सय ३० कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गर्ने अनुमति कम्पनीहरूले पाएका हन्। बाँकी सेयर भने संस्थापक सेयर हुनेछ।

आईपीओ निष्कासनका लागि स्वीकृत पाएका १० कम्पनीले संस्थापक लागि समेत सेयर छुट्याइ सकेको छन् भने वाँकी ५ कम्पनीले भने छलफलको प्रक्रियामा रहेका छन्।

हिमालयन ऊर्जा विकास कम्पनीले ८४ करोड १५ लाख मूल्य बराबरको ८४ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। सो सयेरमध्ये ३० प्रतिशतमात्रै सर्वसाधारणको लागि हो।

कालिका हाइड्रोपावरले १२ करोड रुपैयाँको १२ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डबाट अनुमति पाएको छ। उक्त कम्पनीले निष्कासन गर्न लागेको सेयर सबै सर्वसाधारण हो।

मध्यभोटेकोशी जलविद्युत् आयोजनाले साढे चार अर्ब मूल्य बराबरको चार करोड ५० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। सो सेयरमध्ये एक करोड ४४ लाख कित्ता सेयर सर्वसाधारणको लागि  हो भने तीन अर्ब ६ करोड मूल्यको सेयर संस्थापक हो।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १४ करोड ४८ लाख मूल्य बराबरको १४ लाख ४८ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। युनिभर्सल पावर कम्पनीले दुई अबै १० करोड, शिवश्री हाइड्रोपावरले एक अर्ब २५ करोड, पाँचथर पावर कम्पनीले ९६ करोड मूल्य बराबरको सेयर निष्कासन गर्ने भएको छ। यसका साथै ग्रीनलाईफ, हिमालय ऊर्जा, माउन्टेनलगायतका हाइड्रो पावर कम्पनीले  पनि सेयर निष्कासनका लागि अनुमति पाएका छन्।

लघुवित्त कम्पनीतर्फ चौतारी लघुवित्त, आशा लघुवित्त वित्तीय संस्था र स्पर्श लघुवित्त वित्तीय संस्थाले पनि धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि स्वीकृत पाइएको र कतिपय संस्थाले सेयर समेत निष्कासन गरिसकेको बोर्डका अध्यक्ष डा.रेवत वहादुर कार्कीले बताए।

प्रकाशित: ३० फाल्गुन २०७५ ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App