२० असार २०८१ बिहीबार
image/svg+xml

त्रासदी होइन अटिजम

अटिजम (आत्मकेन्द्रित व्यवहार) एक स्नायुसम्बन्धी अवस्था हो जसले मानिसको व्यवहार र सञ्चारलाई असर गर्ने गर्छ। अटिजम शब्द सन् १९११ मा पहिलो पटक सुरुवात भएको पाइन्छ।

अटिजम अध्ययनमा अवरोध

अटिजमपीडितहरूको उमेरअनुसार मस्तिष्क वृद्धि रोकिन्छ। वयस्क भए पनि उनीहरू बालबालिकाकै मस्तिष्क बोकेर हिँडिरहेका हुन्छन्।

सानो सहयोग, ठूलो सन्देश

चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकमा सञ्चालित ऋचा सह–शिक्षा सदनका बालबालिकाले खानेकुरा बिक्री गरेर आएको १० हजार रुपैयाँ यही नगरपालिका वार्ड न.१२ बलम्बुमा सञ्चालित अटिजम केयर सेन्टरलाई दिएका हुन्।

एक सयमा एकजनामा अटिजम

बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन्। तीमध्ये काठमाडौंमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन्।

अभिभावककै अग्रसरतामा अटिजम बालबालिकालाई पठनपाठन

दुई वर्षदेखि इटहरी वडा नं. ८ मा रहेको सेतो गुरास आधारभूत विद्यालयबाट अनुमति लिएर अलगै वडा नं. ९ मा अटिजम स्कुल सञ्चालनमा आएको छ।

‘प्रत्येक बच्चा फरक हुन्छन्’

अटिजम भएका प्रत्येक बच्चाको फरक स्वभाव हुने भएकाले सबैमा एउटै उपचारविधि उपयुक्त नहुने डा. स्मिता अवस्थीले बताएकी छिन्। अवानी फाउन्डेसनको आयोजनामा बुधबार राजधानीमा आयोजित ‘एबिए फर अटिजम’ कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्रले आफ्नै भवनमा मनायो अटिजम दिवस

बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र(एस.एस.डि.आर.सी)ले 'विश्व अटिजम सचेतना दिवस अप्रिल-२' आफ्नै भवनमा मनाएको छ। एस.एस.डि.आर.सी. ले एक औपचारिक कार्यक्रममार्फत् चांगुनारायण नगरपालिकाका वडा नं ९ स्थित ताथली याकाडोल भक्तपुरमा बनिरहेको आफ्नै भवनमा अटिजम दिवस मनाएको हो।

अटिजमको समस्या र अभिभावकत्व तनाव

विश्व अटिज्म जनचेतना दिवस पहिलो पटक २००८ देखि मनाउन थालिएको थियो। नोभेम्बर १, २००७ मा, संयुक्त राष्ट्र संघ (यूएन) ले प्रत्येक वर्ष एक दिनलाई विश्व अटिज्म दिवसको रूपमा तोक्न भन्यो।

अटिजम भएकालाई समावेशी शिक्षा

१४ वर्षअघि धरान उपमहानगरपालिका–१० की रोमा शाक्यले छोरी जन्माइन्। उमेरअनुसार छोरी रोजाको बोलीमा विकास भएन। डेढ वर्षकी भएपछि मात्रै हिँड्न थालिन्। शारीरिक बनोट ठीकै भएकी रोजा कुरा बुझ्छिन् तर राम्ररी फर्काउन सक्दिनन्। मन्टेश्वरी एक वर्ष पढाएपछि थाहा भयो, रोजामा डाउन सिन्ड्रोमको समस्या छ। त्यसपछि मन्टेश्वरीले उनलाई धरान–११ स्थित डाउन सिन्ड्रोम र अटिजम भएका विशेष बालबालिकालाई शिक्षा दिने स्पेसल एजुकेसन सेन्टरमा पठायो।

आर्थिक संकटमा पाटन सिविआर । अटिजम भएका बालबालिको संख्या बढ्दै

समुदायद्वारा संचालित पाटन समुदायिक पुनस्र्थापना संस्था अहिले आर्थिक संकटमा रहेको छ । अटिजम अर्थात बौद्विक असक्षमता भएका बालबालिकाहरूका लागि खोलिएको यो संस्थामा  २ वर्षदेखि ४० वर्ष समूहका ५६ जना बालबालिका र वयस्कसम्म रहेका छन् ।

तपाईंको नानीलाई पनि अटिजम छ कि?

तपाईंका नानीको एक्लै बस्ने बानी छ?, आँखामा आँखा जुधाउँदैनन्? अरु केटाकेटीसँग खेल्दैनन्?, बोलेका शब्द या भाषा दोहो¥यायै गर्छन्? अत्यधिक चकचके या अति निष्क्रिय छन्?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्