८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

अटिजमको समस्या र अभिभावकत्व तनाव

विश्व अटिज्म जनचेतना दिवस पहिलो पटक २००८ देखि मनाउन थालिएको थियो। नोभेम्बर १, २००७ मा, संयुक्त राष्ट्र संघ (यूएन) ले प्रत्येक वर्ष एक दिनलाई विश्व अटिज्म दिवसको रूपमा तोक्न भन्यो। डिसेम्बर १, २००७ मा संयुक्त राष्ट्र साधारण सभाले अप्रिल २ लाई विश्व अटिज्म जनचेतना दिवस भनेर तोक्यो। विश्वमा ओटिज्म भएका व्यक्तिको अधिकार र पहिचान सुनिश्चित एवं चेतनाको अभिवृद्धी गर्नको लागि विश्व ओटिज्म जनचेतना दिवस मनाइन्छ। अटिजम भएका व्यक्तिहरूको आत्मनिर्णय, स्वतन्त्रता र स्वायत्तताका साथै अरुसँग समान आधारमा शिक्षा र रोजगारीको अधिकार छ।

सामान्यतया १०,००० मध्ये २० जनासँग अटिज्म हुन्छ वा अटिस्टिक लक्षणहरू छन्। ओटिज्मद्वारा प्रभावित ८० केटाहरू हुन्। कुनै पनि आर्थिक, सामाजिक, र र वा जातीय पृष्ठभूमिको परिवारहरूमा अटिज्म संसारभरि फेला पर्दछ। अटिजम प्रायजसो जन्मेको ३ वर्ष भित्र प्रष्ट रुपमा देखिन्छ। यो समस्या केटीहरुको तुलनामा केटाहरुमा ४.५ गुना बढि देखिन्छ। यो समस्या केटीहरुमा (१/१८९) र केटाहरुमा (१/४२) देखिने अध्ययनले देखाएको छ।

कोभिड–१९को महामारीले ९ लाख ३७ हजार १७० प्रभावित भइसकेका छन् र ४७ हजार २३१ जनाले ज्यान गुमाइसकेका छन्। विश्वव्यापी मानवअधिकारहरू, अपांगता भएका व्यक्तिको अधिकार सहित, महामारीको समयमा उल्लंघन गर्नु हुँदैन। सरकारहरूको उत्तरदायित्व हो कि उनीहरूको प्रतिक्रियालाई अटिजम भएका व्यक्तिहरू समावेश छन्। अटिजम भएका व्यक्तिहरूले कहिले पनि चिकित्सा स्याहार खोज्दा भेदभावको सामना गर्नु पर्दैन।

डिएसएम–५ मा अटिजम र अटिजम स्पेक्ट्रम विकारलाई एउटै समूहमा राखेको छ। अटिजम विकासात्मक विकारको अवस्था हो र यो जीवनभर नै रहने एक अपाङ्गता हो। संसारमा ६८ जनामा १ बालक अटिजमको समस्याबाट ग्रसित भएको सिडिसीको अध्ययनले देखाउँछ। यो समस्या कुनै पनि जाती, वर्ग र आर्थिक सामाजिक अवस्थाको व्यक्तिहरुमा पनि देखिन सक्छ। यो समस्या बच्चाले जन्मजात लिएर आउने एक प्रकारको अपाङ्गता हो। मस्तिष्कको कार्यहरु असन्तुलनको कारण हुने गर्दछ। यस समस्यामा व्यवहारगत रुपमा देखिने लक्षणहरु पहिचान गर्न सकिन्छ जस्तै संचारमा कठिनाई, सामाजिक अन्तक्रियामा कठिनाई तथा प्रतेक्षिकरण सगठनमा समस्या हुन्छ। यस समस्याबाट ग्रसित भएका ४७% बालबालिकाहरुको पहिचान स्कुल जाँदा वा ३ वर्षको उमेरमा भएको पाइन्छ। अटिजम भएका व्यक्तिहरुलाई साधारण संचार र सामाजिक कठिनाईदेखि लिएर जीवन यापनमा सदा अरुको सहायतामा जीउनु पर्ने अवस्था हुन्छ। यो समस्या जति ढिलो थाहा हुन्छ उनीहरुको उपचारमा पनि झन ढिलो हुनुको साथै अवस्था जटिल हुदै जान्छ। त्यस कारण यो समस्या समयमा पहिचान हुन सकेमा उनीहरुको शिघ्र थेरापीभएमा धेरै आशाजनक उपलब्धीहरु देखिन पाईन्छ।  अटिजम भएका ४४% व्यक्तिको वुद्धिलव्धीको स्तर औसत भन्दा माथि हुन्छ। तर अटिजम भएका बालक या व्यक्तिको अटिजमको साथै Down's Syndrome, सुस्त मनस्थिती, मस्तिक पक्षघात साथमा पनि हुन सक्दछ। विश्व तथ्याङ्गको आधारमा नेपालमा पनि ६००००–९०००० व्यक्ति अटिजमबाट ग्रसित भएको अनुमान लाउन सकिन्छ।

अटिजमका लक्षणहरु

-     बस्तुहरुप्रति अनौटो लगाव

-     बोलाउँदा नबोल्ने साथै कहिले काही नसुने जस्तो गरिदिने, एक्लै /अलग्गै बस्ने बानी

-     असान्दर्भिक/नमिल्दो तरिकाले हाँस्ने वा रुने, आँखामा आँखा नजुधाउने

-     सामाजिककार्य गर्न नसक्ने, डर नहुने साथै खतरा नबुझ्ने, अरु केटाकेटीसँग नखेल्ने तथा घुलमिल नहुने

-     कुनै पनि शब्द वा बाक्य बारम्बार दोहोर्‍याउने

-     कुनै पनि चिज/बस्तु घुमाईरहने

-     आफ्नो आवश्यकताको सामान ठूला मानिसको हात समातेर देखाउने

-     बिनाकारण रुने, कराउने तथा चिन्तित हुने,  घाउ, चोट तथा दुखाई प्रति वास्ता नगर्ने

-     हरेक दिन एउटै उस्तै काम गर्न रुचाउने परिवर्तन मन नपराउने

-     साधारण (सामान्य) शिक्षण विधीबाट नसिक्ने

-     असामान्य व्यवहार जस्तै हल्लिने, मच्चिने, हात हल्लाउने , उफ्रिने आदि

-     दोहोरो कुराकानी गर्नु मन नपराउने

-     कसैले केही काम गर्न आग्रह गर्दा असामान्य प्रतिक्रिया दिने

-     समूहमा खेल्नु भन्दा एक्लै खेल्न मन पराउने

जोखिमपूर्ण कारण

-     ढिलो उमेरमा आमा वुवा वन्नु (पुरुष ४० वर्ष र महिला ३५ वर्ष भन्दामाथि)

-     पहिलो बच्चामा अटिजम भएमा

-     २०% अटिजम हुनुको कारण वंशाणुगतलाई नै अधार माने पनि अझसम्म अटिज हुनुको मुख्यकारण पत्ता लाग्न सकेको छैन।

अटिजमको व्यवस्थापन वा उपचार पद्धतिहरु

मनोविद, मनोचिकित्सक, मनोविमर्शकर्ता प्रयोग  गर्ने अटिजमको उपचार पद्धतिहरु अन्र्तगत प्रयुक्त विधिहरुमा संचारको थेरापी, व्यवहारिक शिप थेरापी, सामाजिक शिप थेरापी, विशेष शिक्षा, आदि महत्वपूर्ण छन्।  अभिभावक र शिक्षक शिक्षिकाले यो समस्या न्यूनिकरणको लागि दृश्य सामाग्रीको प्रयोग गरी सिकाइ गराउने, ज्ञानेन्द्रीयमा अधिकभार हुनबाट बचाउने (हेराइ, सुनाइ, बास्ना आदिलाई बढी उत्तेजना हुनबाट बचाउने), निश्चित क्रियाकलापमा प्रोत्साहन गर्ने, भाषाको उचित प्रयोग गर्ने, चित्रको माध्यमबाट क्रियाकलाप गर्न अभ्यास गर्ने, सामाजिक व्यवहार र सीपविकासमा हौसला प्रदान गर्ने।

२ अप्रिललाई विश्व अटिजम जनचेतना दिवसकारुपमा मनाउन थालेको १३ वर्ष हुनगईरहेको छ। यो दिवस मानसिक स्वास्थ्यका लागि विश्वमहासंघको अगुवाइमा सन् २००८ देखि मनाउन शुरु गरिएको हो। यस दिवसको नारा ‘वयस्कतामा संक्रमण’रहेको छ।  अटिज्मप्रति सामाजिक कुसंस्कार विरुद्ध विश्वव्यापी स्वास्थ्य शिक्षा, जनचेतना र बहस पैरबी बढाउने प्रमुख उद्देश्य हो। यस दिवसलाई विश्वभरि विभिन्न कार्यक्रमगरी मनाई रेहेको छ। अटिजमज नचेतना निलो र मल्टीकलर पजल टुक्रा द्वारा प्रतिनिधित्व गर्दछ। जब हामी हुर्कन्छौं, समाजले हाम्रो समुदायको सामाजिक, आर्थिक र राजनीतिक जीवनमा एक सहभागी हुने अपेक्षा गर्दछ।

अटिजम र अभिभावकत्व तनाव

बच्चाको हेरचाहको दैनिक चुनौतीहरू अन्तहीन हुन्छन् र यसले बच्चाको हेरचाहको सबै पक्षहरू साथै आमाबुबाको मानसिक स्वास्थ्य र बच्चा र परिवारको आवश्यकताहरू प्रबन्ध गर्न सक्ने क्षमतालाई असर गर्दछ। भरनेटर र साथीहरु (२०१९) को अध्ययनहरुले देखाए अनुसार अटिजम स्पेक्ट्रम विकार (एएसडी) भएका बच्चाका बाबुआमाले सामान्य बालबालिकाका आमा वुवाभन्दा अधिक बचाव रणनीति र कम सामाजिक समर्थन खोज्ने रणनीति प्रयोग गरेको पाईन्छ।

स्टेफेनि र सेली (२०१३ )को अध्ययनहरुले सामान्यतया रिपोर्ट गर्दछन् कि अटिजम स्पेक्ट्रम डिसआर्डर (एएसडी) भएका बच्चाहरूको परिवारले सामान्यत या विकास भएका बच्चाहरू वा अन्य अपा्गता भएका उदाहरणका लागि डाउन सिन्ड्रोम (डीएस), सेरेब्रलपाल्सी, बौद्धिक अशक्तता) को परिवारको तुलनामा बढी अभिभावकत्व तनावको अनुभव गर्दछ। अभिभावकहरूले सामना गर्ने चुनौतीहरूको बारेमा अधिक बुझ्ने कार्यको लागि नेपाली सास्कृति सुहाउदो अनुसन्धान, हस्तक्षेप रणनिती विकास, र अभ्यासको लागि पहल गर्नु अति आवश्यक छ।

(मनोविज्ञानमा विद्यावारिधी गरेका ठगुन्ना पिके क्याम्पसमा प्रध्यापन गर्छन्)

 

प्रकाशित: २० चैत्र २०७६ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App