९ आश्विन २०८१ बुधबार
image/svg+xml

देश र जनताको हितका निम्ति नेकपा एस अग्रपंक्तिमा उभिन्छ: माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश र जनताको हितको निम्ति आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिन तयार रहेको बताएका छन्।

एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने

नेकपा (एकीकृत समाजवादी) ले यही असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ।

एमाले कर्णाली अधिवेशन:आर्थिक राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज आर्थिक एवं राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ।

एमाले बागमती प्रदेश कमिटीको अध्यक्षका लागि दाहाल र ढुङ्गेल मैदानमा

नेकपा एमालेको बागमती प्रदेश कमिटीका लागि आज मतदान हुँदैछ। अध्यक्ष पदमा सहमति हुन नसके पछि आज मतदान हुने भएको हो।

एमाले कोशी प्रदेश कमिटीको अधिवेशन आजबाट सुरु हुँदै

नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन आजबाट विराटनगरमा सुरु हुँदैछ।

एमाले बागमती अधिवेशन: करिब तीन सयको उम्मेदवारी फिर्ता

नेकपा (एमाले) को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ।

विधायकको मूल जिम्मेवारी कानुन बनाउने होस् : सांसद शर्मा

नेकपा (एमाले)को तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ। तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उनको ठम्याइ छ।

एमाले कोशीको अधिवेशन तयारी पूरा

नेकपा एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ। असोज १२ र १३ गते विराटनगरमा हुने अधिवेशनको तयारी पूरा भएको प्रचारप्रसार उपसमिति संयोजक शैलेश लामाले बताए।

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ मा

प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिए।

एमालेको बागमती प्रदेश अधिवेशन आज, भोलि बन्द सत्र

आज बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उच्चस्तरीय छानबिन आयोग नबनेपछि एमालेले भन्यो: सरकार आफै जिम्मेवार छैन

सिंहदरबारमा सरकारसँग भएको छलफलपछि एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा सरकार आफै जिम्मेवार नभएको बताएका हुन्।

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा

सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु हुँदैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताएका छन्।

धेरै प्रकारका खतराहरूबाट देश जेलिएको छ: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्