१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

देश र जनताको हितका निम्ति नेकपा एस अग्रपंक्तिमा उभिन्छ: माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश र जनताको हितको निम्ति आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिन तयार रहेको बताएका  छन्।

अध्यक्ष नेपालले समाजवादी जागरणको माध्यमबाट रोजगारी, सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले ‘मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार’ कार्यक्रम सुरु गर्न लागेको पनि स्पष्ट पारे। यही असोज १४ गतेबाट सो पार्टीले झापाको मेची नदी किनारबाट सो अभियानको शुभारम्भ गर्दैछ।

आज पार्टी केन्द्रीय कार्यालय आलोक नगरबाट सो अभियानको पहिलो तयारी टोलीलाई बिदाइ गर्दै अध्यक्ष नेपालले सो अभियानले आम जनतामा समाजवादप्रति उत्साह ल्याउने र पार्टी कार्यकर्ता पंक्तिमा पनि जागरण ल्याउने विश्वास व्यक्त गरे। उनले सो अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गरे।अध्यक्ष नेपालले अभियानको क्रममा विभिन्न जिल्लाहरूमा विभिन्न कार्यक्रमहरु आयोजना हुने र त्यसले समाजवादको सन्देश आम जनताको घरदैलोमा पु¥याउने बताए।

अध्यक्ष नेपालले अभियानका क्रममा पार्टीको सदस्यता बिस्तारको काम पनि हुने बताए । उनका अनुसार सो अभियान असोज २८ गते महाकाली नदीको किनारामा पुगेर समापन हुनेछ। अभियानका क्रममा रोजगारी, सुशासन र समृद्धिको पक्षमा नारा घन्काउने, समाजवादप्रतिको पार्टीको धारणाहरू आम जनतालाई जानकारी गराउने लगायतका जन पक्षीय कामहरू हुने पनि नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०८० १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App