१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेको बागमती प्रदेश अधिवेशन आज, भोलि बन्द सत्र

नेकपा एमालेको बागमती प्रदेश अधिवेशन आजबाट सुरू हुँदै छ। आज बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रज्ञा भवन कमलादीमा भोलिबाट बन्द सत्र हुने कार्यतालिका रहेको छ। अधिवेशनमा दुई केन्द्रीय सदस्यसहित ४ जना आकाङ्क्षी मैदानमा छन्।  

प्रदेश अध्यक्षका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्ण दाहालको बढी चर्चा देखिएको छ।  

एमाले बागमती प्रदेशमा ४ सय ७९ सदस्यीय प्रदेश सङ्गठन कमिटी रहेको छ भने १३ वटा जिल्लाका जिल्ला अध्यक्षहरू पदेन सदस्य रहेका छन्।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिवसहित २४० सदस्यीय कमिटी निर्वाचित गर्ने छ। प्रदेश कमिटी निर्वाचित गर्दा ७५ आधार सदस्य हुने छ। प्रतिनिधि सभाका ३३ निर्वाचन क्षेत्रबाट ५–५ जनाका दरले निर्वाचित हुँदा २४० जना पुग्ने छ।

प्रदेश अधिवेशनमा एक लाख नौ हजार २३८ प्रतिनिधिबाट एक हजार १५० बढी प्रतिनिधि चुनिएर आएका छन्। सबै प्रतिनिधि सर्वसम्मत चुनिएर आएका हुन्। नौ सय प्रतिनिधि भूगोलबाट, ७० जनसङ्गठनबाट र ३० विभागबाट चुनिएर आएका छन्। कूल प्रतिनिधि संख्याको पाँच प्रतिशत मनोनित गर्न पाउने प्रावधान विधानमा छ। ती प्रतिनिधि चुनिन बाँकी रहेको बताइएको छ।

प्रकाशित: ८ आश्विन २०८० ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App