१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले बागमती प्रदेश कमिटीको अध्यक्षका लागि दाहाल र ढुङ्गेल मैदानमा

नेकपा एमालेको बागमती प्रदेश कमिटीका लागि आज मतदान हुँदैछ। अध्यक्ष पदमा सहमति हुन नसके पछि आज मतदान हुने भएको हो।

अध्यक्ष पदका लागि दुईजना चुनावी मैदानमा छन्। कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि दाहाल र ढुङ्गेलबीच प्रतिस्पर्धा हुन लागेको हो।

यसैगरी उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जनाको उम्मेदवारी कायम भएको छ। उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच तथा सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा छन्।

यसअघि आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने तयारी भएपनि केही ढिलाई भएकाले मतदान बिहान १० बजेबाट मात्रै सुरु हुने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: १२ आश्विन २०८० ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App