५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले बागमतीमा नयाँ नेतृत्वका लागि मतदान जारी

नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको हो।

सुरुमा अध्यक्षका उमेदवारद्वयले मतदान गरेका छन्। प्रदेश अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल उम्मेदवार छन्।

उपाध्यक्षमा ईश्वर चन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायण प्रसाद  खतिवडा र राजेन्द्र राजथलाले उमेदवारी दिएका छन्। सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितले उमेदवारी दिएका छन्।  

निर्वाचन कार्यक्रमअन्तर्गत आज बिहान उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो।  

प्रकाशित: १२ आश्विन २०८० ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App