६ आश्विन २०८१ आइतबार
image/svg+xml

स्वदेशी पाहुनामार्फत पर्यटन ब्युँताउने प्रयास

अझै डेढ–दुई वर्ष तेस्रो मुलुकका पाहुना आउने सम्भावना नभएको र त्यो बेलासम्म आन्तरिककै भरमा व्यवसाय धान्नुपर्ने बाध्यता रहेको भन्दै व्यवसायीले थप आन्तरिक पाहुनालाई पोखरा बोलाउने अभियान थालेका छन्। पश्चिमाञ्चल होटल संघले ‘जाउँ है पोखरा अभियान’मार्फत आन्तरिक पाहुनालाई पोखरा बोलाउन विभिन्न सहरमा प्रवद्र्धनात्मक अभियान चलाएको छ।

पोखरा–जोमसोम उडान एकवर्षपछि सुचारु

कोरोना भाइरस संक्रमणको त्रासले मुलुक नै लकडाउन भएसँगै रोकिएको हिमालपारिको जिल्ला मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान झन्डै एकवर्षपछि सुचारु भएको छ ।

पर्यटन व्यवासायी भन्छन्ः आन्तरिक पाहुना छन् र त होटलको ढोका खुल्न सके

कोरोना भाइरस संक्रमण सुरु भएसँगै थलिएको पर्यटन क्षेत्रले वर्षदिनदेखि विदेशी पाहुनाको मुख देख्न पाएको छैन । धन्न, आन्तरिक पाहुनाले गर्दा पर्यटन क्षेत्रलाइ थोरै भएपनि राहत मिलेको छ । आन्तरिकको भरमा थोरै राहत मिलेपनि व्यवसायीले कमाउन भने पाएका छैनन् ।

हवाई सञ्जालले जोडिँदै तराई–तराई

पोखरा–सिमरा–पोखरा रुटमा आगामी चैत १५ देखि हवाई उडानको तयारी छ । यती एयरलाइन्सले सातामा तीनदिन (आइतबार, बुधबार र शुक्रबार) यो रुटमा उडान गर्दैछ । वीरगञ्ज नाका हुँदै भित्रिएका भारतीय पर्यटकलाई पोखरा ल्याउने लक्ष्य अनुसार यो रुटमा उडानको तयारी थालिएको हो । भारतीय पाहुनाको संख्यामा वीरगञ्ज क्षेत्रका आन्तरिक पाहुना पनि थपिँदा यात्रु अभाव नहुने एयरलाइन्सको बुझाई छ ।

‘खेलकुद पूर्वाधारलाई बजेट अभाव हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन खेलकुद पूर्वाधारका लागि बजेट अभाव हुन नदिने अठोट व्यक्त गरेका छन्। सोमबार पोखरा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका प्रधानमन्त्रीले पोखरा रंगशाला निरीक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे।

प्रधानमन्त्रीको पोखरा तालिकाः शिलान्यास, मन्तव्य र रंगशाला

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आएका छन् । तीनवटा कार्यक्रममा सहभागि हुनेगरि प्रधानमन्त्री ओली पोखरा आएका हुन् । प्रधानमन्त्री ओली सोमबार दिनभर पोखराका विभिन्न कार्यक्रममा व्यस्त हुनेछन् ।

८ वर्षमा कहाँ हरायो फेवातालको १६ सय १९ रोपनी जमिन ?

वितेको आठ वर्षमा फेवातालको क्षेत्रफल १६ सय १९ रोपनी घटेको पाइएको छ। फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार हाल तालको क्षेत्रफल ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

प्रधानमन्त्री ओली पोखरा आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार पोखरा आउने भएका छन्। अगुवा कार्यकर्ता प्रशिक्षणका लागि नेपाल उनी सोमबार पोखरा आउने भएका हुन्। प्रधानमन्त्री ओली गण्डकी प्रदेशस्तरीय नेकपा कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

‘अझै दुई वर्ष साँवाब्याज तिर्न सक्दैनौं’

कोरोनाको मारमा परेको भन्दै पर्यटन व्यवसायीले त्यो बेला सबैभन्दा बढी जोडतोडका साथ उठाएको विषय थियो– पुनर्कर्जा, ऋणको साँवा–ब्याज तिर्ने समय थप, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण। आफ्ना यी मागसम्बोधन हुने गरी मौद्रिक नीति आउँदा व्यवसायी हौसिएका पनि थिए। तर मौद्रिक नीतिले थपिदिएको समयमा पनि ऋणको साँवाब्याज तिर्न सक्ने अवस्था नभएको भन्दै समय थपि दिन व्यवसायीले पुनः आग्रह गरेका छन्।

आन्तरिक पर्यटकलाई प्याकेज

नेपालगन्जले पनि १० हजार रूपैयाँको प्याकेज बनाएर पर्यटक घुमाउने तयारी थालेको छ। नेपालगन्ज र आसपासका पर्यटकलाई पोखरा ल्याउन र पोखरा तथा वरपरकालाई नेपालगन्ज सहित पश्चिमका गन्तव्यमा पठाउने पहलस्वरूप प्याकेज ल्याएको व्यवसायीले बताएका छन्।

डेन्टल भ्यानबाट निःशुल्क दन्तसेवा

जैविक विविधता, वातावरण र मानव स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले गण्डकी प्रदेशभरका विपन्न, सीमान्तकृत समुदाय, पिछडा वर्ग तथा असहायको घरघर पुगी मोबाइल डेन्टल भ्यानमार्फत निःशुल्क दन्तसेवा दिने भएको हो।

आन्तरिक पाहुनालाई पोखरा र नेपालगञ्जको प्याकेज

पोखरालाई पश्चिम क्षेत्रको पर्यटनसँग जोड्नेगरि साझेदारी थालिएको छ । त्यसका लागि नेपालगञ्ज र पोखराबीच प्रवद्र्धनात्मक हवाई सेवा थालनी सहित दुईवटै गन्तव्यका पर्यटन व्यवसायी एकअर्काको सहरमा आउजाउ गर्दै पर्यटनमा सहकार्य थालेका हुन् ।

व्युटिसियनको पोखरा सेमीनार

काठमाडौमा रहेको स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ सेन्टरले सौन्दय व्यवसायीलाई यहाँ प्रशिक्षण दिएको थियो ।

निजी स्तरबाट नेपालगन्ज–पोखरा सिधा ‘चार्टर’ उडान

नेपालगन्ज–पोखरा सिधा हवाई उडान गर्न सरकारले बेवास्ता गरेपछि निजी स्तरबाट पहल सुरु गरिएको छ। नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरको पहलमा शुक्रबारबाट ‘चार्टर’ उडान सुरु गरिएको हो। सिता एयरको १८ सिटे जहाज चार्टर गरेर नेपालगन्ज–पोखरा सिधा उडान सुरु गरिएको नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए।

चार लाखलाई पानी खुवाउने आयोजना

पोखराको मुख्यसहित भित्री सडकमा अहिले खानेपानीको पाइप बिछ्याउने काम भइरहेको छ । सुरक्षाका विधि र सवारी चाप व्यवस्थापन गर्दै निकै व्यवस्थित ढंगले काम भएको देख्दा धेरै पोखरेलीले अचम्म मानिरहेका छन् । निकै व्यवस्थित र सुरक्षाका साथ गरिएको यो कामप्रति यहाँका स्थानीयवासी खुसी छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्