१६ वैशाख २०८१ आइतबार
image/svg+xml

मन्त्री निवासलाई खेलाडी आवास बनाउने प्रस्ताव

पुल्चोकस्थित हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गरिने भएको छ।नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको हो।

सरकार खेलप्रति गम्भीर भएर लागेको छः मन्त्री लिम्बू

सरकार खेल र खेलाडीप्रति गम्भीर भएर लागेको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू बताएका छन्।

खेल संघको विवाद अन्त्य गर्न खेलकुद मन्त्रीको अनुरोध

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले राजनैतिक स्वार्थको लागि एकै खेलका दुई संघ दर्ता गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्।

खेलाडीको गुनासोपछि मन्त्री गुरुङद्वारा होटल अनुगमन, प्रोटिनयुक्त खाना व्यवस्था गर्न निर्देशन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बन्द प्रशिक्षण रहेका खेलाडीहरुबाट यस्तै गुनासो आएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ शनिबार राती आफैं होटल अनुगमनमा निस्किए।

युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छः मन्त्री गहतराज

मन्त्री गहतराजले प्राकृतिक श्रोत र साधनलाई सही ढंगले सदुपयोग गर्ने नयाँ सोच ल्याउनुपर्ने आवश्यक्ता रहेको बताए। उनले एकद्वार प्रणालीबाट युवाहरुलाई तालिम दिने हो भने करिव ७० अर्ब रुपैयाँ रकम केन्द्रित गर्नसक्ने आधार सरकारसँग रहेको बताए।

‘सरकार र दलबाटै उपेक्षा हुँदा छुवाछूत उन्मूलन भएन’

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लिसिनाले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १६ वर्ष बितिसक्दा पनि राज्य र राजनीतिक दलहरूको उपेक्षाका कारण छुवाछूत उन्मूलन हुन नसकेको बताएका छन्।

‘अदालतको आदेशले खेलक्षेत्रमा असर’

अदालतले खेलकुद क्षेत्रको कार्यकारी निकाय राखेपको नेतृत्व नियुक्ति र बर्खास्तका सम्बन्धमा परेका मुद्दामा फैसला गर्न ढिलाइ गरेपछि एसियन गेमको तयारी र नवौं राष्ट्रिय खेलकुदको आयोजना अलपत्र परेको छ।

सरकारद्वारा फुटबलर सम्मान

माल्दिभ्सको मालेमा सम्पन्न १३औं साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई मंगलबार सरकारले नगदसहित सम्मान गरेको छ।

अल्मुताइरीलाई भेटेर खेलकुद मन्त्रीले भनेः सरकार तपाईको साथमा छ

'बाहिर चलेका हल्लाको पछि नलाग्नु होला। केही समस्या परेमा हामी आधिकारिक निकाय युवा तथा खेलकुद मन्त्रालयमा वा मलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ,' मन्त्री गहतराजले भने, 'नेपाल सरकार तपाईंको साथमा छ। गोर्खाली स्पिडलाई कायम राखेर काम गर्नुहोला।'

‘सरोकारवालासँगको सहकार्यबाट अघि बढ्छु’

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले खेलकुद विकासका लागि खेलाडी, प्रशिक्षक र खेल संघसँगको सहकार्यबाट अगाडि बढ्ने बताएका छन्।

मन्त्रीले पिटे कार्यकर्ता

नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, वालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्