३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सरकार खेलप्रति गम्भीर भएर लागेको छः मन्त्री लिम्बू

सरकार खेल र खेलाडीप्रति गम्भीर भएर लागेको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू बताएका छन्।

विराटनगरमा शनिबारदेखि सुरु भएको २ दिने प्राविधि तथा प्रशिक्षण प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लिम्बूले सरकार खेल र खेलाडीप्रति गम्भीर भएर लागेको बताएका हुन्। उनले पछिल्लो खेलका घटनाक्रमले पनि खेल र खेलाडीप्रति गम्भीर हुँदै थप जिम्मेवारीका साथ सरकार लाग्नु पर्ने देखाएको बताए।

नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री लिम्बूले खेलकुदलाई तीन तहको सरकारले विशेष प्राथमिकतामा राखेर खेल जगतको विकास गर्न जरुरी देखिएको बताएका हुन्। खेलाडीको मनोबल उच्च राख्न सरकार सधैँ लागी परेको छ।

खेलाडीहरूले अन्तर्राष्ट्रिय जगतमा आफ्नो नाम राख्नु नै देशको नाम राख्नु हो। उनीहरूले जुन स्रोत र साधनबाट खेल्दै देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरेका छन्। त्यस कामप्रति सरकार गम्भीर भएर लागेको मन्त्री लिम्बूले बताए।

क्रिकेट खेलको विश्वकप खेल्न नेपाल जाँदै छ। खेलाडीहरूको मनोबल अझ उच्च राख्न र आगामी यात्रालाई कसरी सहज बनाएर लैजाने भनेर सरकार लागेको मन्त्री लिम्बूले बताए। सरकारले खेल र खेलाडीप्रति गम्भीर भएर लागेकोले नै राम्रो खेल्दै देशको नाम राख्न सफल भएका हुन्।

सरकारले खेलमा विशेष ध्यान दिँदै देशका विभिन्न स्थानमा नयाँ अन्तर्राष्ट्रिय स्तरका रंगशाला बनाउनका लागि डिपिआरलगायतका काम थाली सकेको बताउँदै, मन्त्री लिम्बूले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा पदक प्राप्त गर्ने खेलाडीहरूलाई पुरस्कार तथा सेवासुविधा दिने भनेर खेल नीतिहरू संशोधन गरिएको छ। खेल नीति संशोधन गरेर ठीक्क पारेर राखेको छौं। त्यसलाई अर्थ मन्त्रालयले समेत स्वीकृति दिएर काम अघि बढी सकेको छ।’

तेक्वान्दो महासंघका केन्द्रीय प्रवीणकुमार कार्कीले खेल र खेलाडीको स्तर वृद्धिका लागि तीन तहको सरकार मिलेर योजना ल्याए अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने बताए। सरकारको न्यून बजेट र खेल नीतिमा खेल्दै खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको नाम राख्न सफल भएको बताए।

सरकारले विगतको जस्तो खेल क्षेत्रलाई हेला नगरी पर्याप्त बजेटका साथै खेल र खेलाडीहरूलाई सेवा सुविधा प्रदान गरे अन्तर्राष्ट्रिय स्तरमा पदक ल्याउन सक्नेमा कुनै शंका नभएको अध्यक्ष कार्कीले बताए।

कलर बेल्टको प्राविधि अभिमुखीतर्फ २ सय १५ जना तथा प्रशिक्षक प्रशिक्षणतर्फ ४५ जनाको सहभागिता रहेको छ। उनीहरूले सैद्धान्तिक, व्यवहारिक, नयाँ खेलका नियमका साथै कसरी खेलाडीहरूलाई प्रशिक्षण दिने भन्ने विषयमा प्राविधि ज्ञान दिइने छ।

प्रकाशित: १९ कार्तिक २०८० ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App