३० भाद्र २०८३ मंगलबार
image/svg+xml

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब असुलिने

निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ।

गाउँगाउँमा सिंहदरबार होइन, भ्रष्टाचार पुग्यो : सांसद पन्त

उनले स्थानीय सरकारहरूमा मौलाएको वित्तीय अनियमितता र भागबन्डा संस्कृतिका कारण जनतामा संघीय सरकारप्रति नै वितृष्णा बढ्न थालेको बताए।

मकवानपुरमा इभी गाडी हजार मिटर तल खस्यो, ४ जनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरास्थित सडकमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्।

देउवाद्वारा चुनाव बहिष्कारको आह्वान, भने- अब मलाई कुनै पदको लोभ छैन, तर पार्टी फुट्न दिन्नँ

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू अब कुनै पनि पदको लालसामा नरहेको दाबी गर्दै विशेष महाधिवेशन पक्षधरले असोज ३ गते गर्न लागेको निर्वाचन प्रक्रिया पूर्ण रूपमा बहिष्कार गर्न पार्टी पंक्तिलाई आह्वान गरेका छन्।

सदनको गरिमा प्रतिपक्षबाट मात्रै अपेक्षा गर्ने हो? : सांसद महर

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले पटक–पटक सदनको गरिमा र मर्यादामा आँच आउने गरी सत्तापक्षबाट व्यवहार भइरहेको बताए।

गणेश कार्की भन्छन्- संसद् यति एआईमय भयो कि, अब कसैले ‘ओई म एआई हुँ रे’ भन्न मात्रै बाँकी छ

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसद् अत्यधिक एआईमय बन्दै गएको र सांसदहरूको मौलिक विवेक हराउन थालेको भन्दै असन्तुष्टि जनाएका छन्।

‘आयोगका प्रतिवेदन दराजमा थन्क्याउने पुरानो संस्कार फेरिएन’

प्रतिनिधिसभाको बैठकमा बोल्दै केरुङले सरकार परिवर्तन भए पनि गम्भीर घटनामा आयोग गठन गर्ने, प्रतिवेदन तयार पार्ने र त्यसलाई दराजमा थन्क्याउने प्रवृत्ति कायम रहेको बताए।

‘शताब्दी घर’ बाट लाखेलाई वर्षदिनको बिदाइ

हरितालिका तीजको समापनसँगै नेवार समुदायको ऐतिहासिक ‘भदौरे जात्रा’ अन्तर्गतको लाखे नाचलाई वर्षदिनका लागि बिदाइ गरिएको छ।

के २०२० को दशक चीनको दशक बन्दैछ ?

चीनले आर्थिक, कूटनीतिक तथा सैन्य प्रभाव विस्तार गरिरहेको अवस्थामा सन् २०२० को दशक चीनको दशक बन्ने हो कि भन्ने बहस तीव्र बनेको छ।

कृष्णभीरमा १० दिनमै बन्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी गाडी गुड्ने

पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा-मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।

कर्णाली प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।

राहत र पुनर्निर्माण लागि संसदीय समिति गठन गर्न एमालेको माग

अर्यालले रसुवाको भोटेकोशी बाढी पश्चात्को राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छिन्।

बालेनलाई एमालेको चेतावनी- म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्

प्रतिपक्षी दल नेकपा एमालेले बाढीपहिरो विपत्तिको समयमा सरकार प्रभावकारी उद्धार तथा राहत कार्यमा नराम्रोसँग चुकेको आरोप लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्