उच्च अदालत विराटनगरमा दुई हजार मुद्दा फर्छ्याेट
उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा दुई हजार चार सय ८२ थान मुद्दा फर्छ्याेट गरेका छ। अदालतले गत आवमा दर्ता भएका तीन हजार ४ सय ६८ र जिम्मेवारी सरेका ९ सय ५६ गरी जम्मा चार हजार ४ सय २४ मुद्दामा ५६ प्रतिशत मुद्दा फछ्र्योट गरेको अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए।