२१ असार २०८१ शुक्रबार
image/svg+xml

कोसीमा पानीको बहाब फेरि बढ्नसक्ने भएकाले ब्यारेजका ढोका खोलियो

कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाव धान्नसक्ने बताइएपनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरुले सम्भावित जोखिमका रुपमा लिने गरेका छन्। सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ। यस्तै ब्यारेजका २९ वटा ढोका खोलिएको छ।

सिके राउत सप्तरी २ बाट चुनाव लड्ने

जनमत पार्टीका अध्यक्ष राउत २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्न लागेका हुन्। जनमत पार्टीका केन्द्रीय सदस्य बिपी साहले बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले राउत सप्तरी २ बाट चुनाव लड्ने निर्णय गरेको जानकारी दिए।

मिटरब्याजीको पासोमा निमुखा

सप्तरीका दर्जनौं परिवारको उठिबास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साहु तेलीविरुद्ध पीडितले उजुरी दिएपछि उनी परिवारसहित फरार भए।

बाह्र वर्षीया बालिका बलात्कार आरोपीलाई ८ वर्ष कैद

बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आज ८ वर्ष कैद सजाय सुनाइएको छ।

चुनावको मुखमा कांग्रेस सप्तरीको विवाद उत्कर्षमा

नेपाली कांग्रेस सप्तरीको निर्वाचनमा पराजित उपसभापति रामकुमार यादवलाई केन्द्रीय निर्वाचन समितिले डेढ महिनापछि विजयी घोषणा गरेपछि स्थानीय चुनावको मुखमा कांग्रेस विवाद उत्कर्षमा पुगेको छ।

अवैध रकमसहित दुई पक्राउ

राजविराज नगरपालिका–५ मा प्रदेश नं २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल जाँच गर्दा रकमसहित चौधरी र मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा तीनको मृत्यु

दुर्घटनाग्रस्त बस नियन्त्रणमा लिनुका साथै चालक चितवनको माडी नगरपालिका–४ का ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले पक्राउ गरेको छ।

सप्तकोसी फुटेपछि उदयपुर र सप्तरी उच्च जोखिममा

उदयपुर र सुनसरीको सीमा भएर बग्ने सप्तकोसी बेलका नगरपालिका ८ लाहुरे खोलानेर आईतबार बिहान फुटेर धार परिवर्तन गर्दै पश्चितर्फ आउन थालेपछि उदयपुर र सप्तरीमा जनधनको क्षति हुने उच्च जोखिम बढेको हो।

हुनेले दिन्छन्, नहुनेले लैजान्छन् मास्क

निषेधाज्ञा खुलेसँगै बजारमा भीडभाड बढेपछि केही गैरसरकारी संस्था मिलेर राजविराजमा मास्क बैंक स्थापना गरेका हुन्। मास्क नलगाएर बजार हिँड्नेको सङ्ख्या बढेपछि सचेतना अभिवृद्धिका साथै मास्क वितरण गर्ने उद्देश्यले मास्क बैंक स्थापना गरिएको हो। गत असार १० गतेदेखि सुरु भएको उक्त अभियानअन्तर्गत मास्क वितरण कार्य निरन्तर जारी छ।

सप्तरीमा पनि भेटिए कोराना संक्रमित, संक्रमितको संख्या १२१ पुग्यो

सप्तरी जिल्लामा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो।

तबलिकी जमातमा सहभागी सप्तरीका दुईमा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ

दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठ जनामध्ये दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजिटिभ पुष्टि भएको हो।

दैनिक तीन घण्टा तरकारी हटिया सञ्चालन

लकडाउनका समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दैछ।

पेट्रोलमा कालो बजारी गर्ने तीन पक्राउ

सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्