सहरी विकास मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयमा अड्कियो
जेन–जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले रोकेका विकास कार्यक्रम (योजना) हरूमध्ये पाँच सय ३३ वटाको बजेट फुकुवा गर्न सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव करिब डेढ महिनादेखि अर्थ मन्त्रालयमै अड्किएको छ। यसबिचमा सहरी विकास मन्त्रालयको नेतृत्व फेरिएको हुँदा सो मन्त्रालयको नयाँ नेतृत्व कुमार इङनामले सम्हालेका छन्।

