२० आश्विन २०८१ आइतबार
image/svg+xml

सेनाद्वारा सप्तरीमा सकेट बम निष्क्रिय

सप्तरीको राजविराज नगरपालिका–१ स्थित गजेन्द्र चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक नजिक ओम श्री रोशन इम्पोरियम पसलमा फेला परेको सकेट बम नेपाली सेनाले निष्क्रिय गरेको छ ।

सप्तरीका दुई व्यवसायीको घरमा बम

सप्तरीका दुई व्यसायीको घरमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले सकेट बम राखेको छ।

सप्तरीमा दुईजनाको मृत्यु

सप्तरीको छुट्टाछुट्टै घटनामा परी मङ्गलबार दुईजनाको मृत्यु भएको छ । जिल्लाको बोदेबरसाइन–१ मा मोरटसाइकल बयलगाडामा ठाेक्किँदा मोटरसाइकलको पछाडि सवार सप्तरीको धनगढी–५ निवासी ४५ वर्षीय सुभाष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको नम्बर अहिलेसम्म खुलेको छैन ।

सप्तरी पुगेर मोर्चाका नेताले भने: जनताले जवाफ फर्काउँछन्

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले आईतवार राजविराजमा बोल्दै मलेठ घटनाको जवाफ जनताले फर्काउने चेतावनी दिएका छन्। उनले मलेठ घटनालाई सरकारबाट मधेसी जनताबिरुद्ध युद्धको घोषणा भएको टिप्पणी गरे। उनी सप्तरी घटनामा मारिएका पाँचजनाको शव यात्रामा सहभागी हुन शनिवार सप्तरी पुगेका थिए।

सप्तरी घटनाका थप एक घाइतेको मृत्यु, मृतकको संख्या ५ पुग्यो

नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत गत सोमबार सप्तरीमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका मध्ये थप एक जनाको शुक्रवार मृत्यु भएको छ ।

सप्तरीमा मानवअधिकार आयोगसहित दर्जन बढी गाडीमा तोडफोड

मधेशी मोर्चाका कार्यकर्ताहरुले बिहीबार राष्ट्रिय मानवाधिकार आयोगको गाडीमा तोडफोड गरेका छन्। आयोगकी प्रवक्ता मोहना अन्सारीसहितका पदाधिकारीहरु चढेको बा ७ च ७४७९ नम्बरको गाडीमा मोर्चाका कार्यकर्ताहरुले तोडफोड गरेका हुन्।

सप्तरी चोथौ दिन पनि बन्द

प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रमअन्तर्गत आज चौथो दिन पनि यहाँको जनजीवन प्रभावित भएको छ।

सप्तरी घटना : पूर्वजानकारी सुरक्षा योजना शून्य

प्रधानमन्त्री पुष्पकमल दाहालसहित, गृहमन्त्री, सुरक्षा निकाय सप्तरीमा एमालेको कार्यक्रम र मधेसी मोर्चाको रणनीतिबारे जानकार रहे पनि सोअनुसार योजना नबन्दा सप्तरीमा गत सोमबार तीनजनाको ज्यान गएको सुरक्षा निकायका अधिकारीले बताएका छन्।

सप्तरी घटनाबारे जानकारी दिन काठमाडौंमा एमालेको बृहत् भेला

नेकपा (एमाले)ले आफ्ना कार्यकर्तालाई सप्तरीको राजविराजमा भएको हिंसात्मक घटनाको स्पष्ट जानकारी दिन बिहीबार उपत्यकामा बृहत् भेलाको आयोजना गर्ने भएको छ।

सप्तरी घटनाविरुद्ध घोषित मधेश बन्दले जनकपुरको जनजीवन प्रभावित

सप्तरी घटनाविरुद्ध बुधबार दोस्रो दिन पनि धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायत मधेशका जिल्लाहरु पूर्ण रुपले बन्द छ। बन्दको प्रभाव फैलाउन मोर्चा कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

सप्तरी घटनाका थप एक घाइतेको मृत्यु

नेकपा एमालेको मेची- महाकाली अभियान अन्तर्गत सप्तरीको मलेठमा मधेसी मोर्चा र प्रहरीबीच भएको झडपमा गोली चल्दा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। यो संगै सप्तरी घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।

सप्तरी घटनाका मृतक जसको राजनीतिसँग कुनै साइनो थिएन

सप्तरीको मलेठ गाविस यतिखेर शोकमग्न छन्। सोमवार राति देखिनै गाउँलेहरु मलिन मुद्रामा देखिएका छन्। सोमवार मात्रै मधेसी मोर्चा र प्रहरीबीच भएको झडमा प्रहरीको गोलीले यस गाउँका दुई जनाको ज्यान गएपछि यतिखेर सिंगो गाउँ नै शोकमा डुवेको हो।

सप्तरी घटनालाई कारण देखाउँदै पाैडेल पक्षद्वारा फेरि केन्द्रीय समिति बैठक माग

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउन रामचन्द्र पौडेल पक्षधर नेताहरुले पुनः माग गरेका छन्। नेता प्रकाशमान सिंहको निवासमा मंगलबार बसेको पौडेल पक्षधर नेताहरुको बैठकले संविधानसभाबाट जारी भएको संविधान जोगाउन र सप्तरी घटनालाई नियन्त्रणमा लिएर मुलुकलाई निकास दिन पार्टी बैठक तत्काल बोलाउनु ठहर गरेको हो।

संघीय गठवन्धनद्वारा सप्तरी घटनाको विरोधमा नेपाल बन्द घोषणा

सप्तरी घटनाको विरोधमा संघीय गठवन्धनले आगामी फागुन २७ गते नेपाल बन्द गर्ने घोषणा गरेको छ। साथै फागुन २६ गते काठमाडौं सहित देश भरका सदरमुकाममा विरोध सभा गर्ने निर्णय गरेको छ।

एमाले अहंकारले सप्तरी घटनाः नयाँ शक्ति

नयाँ शक्ति पार्टी नेपालले एमालेको अहंकारले सप्तरी घटना भएको निष्कर्ष निकालेको छ। पार्टी संयोजक डाक्टर बाबुराम भट्टराईद्वारा जारी विज्ञप्तिमा एमालेले मेचीकाली यात्राका नाममा मधेसलाई अझ उत्तेजित र अपमानित गरेको ठहर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्