२० आश्विन २०८१ आइतबार
image/svg+xml

सप्तरी घटनाको छानविन गर्न एमाले आग्रह

नेकपा एमालेले सप्तरी घटनाको छानविन गर्न माग गरेको छ। एमाले केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव इश्वर पोखरेलले सप्तरी घटनाको राष्ट्रिय मानव अधिकार आयोगलाई छानविन गर्न आग्रह गरे।

एमाले समर्थकलाई सप्तरीमा मोर्चाको सामाजिक बहिस्कार

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सप्तरी जिल्ला समितिले सोमबार प्रहरीको गोलीबाट मारिएका तीनै जनालाई सहिद घोषणा गर्न माग गरेको छ। मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन्।

गृह मन्त्रालयद्वारा सप्तरीका सिडिओसहित सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो

गृह मन्त्रालयले सप्तरीका जिल्ला प्रमुखहरुलाई फिर्ता बोलाएको छ। सोमबार तीन जनको ज्यान जानेगरी घटना भएपछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिवेश लोहनी र सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्कालाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सप्तरी अपडेट : भारदहस्थित सशस्त्र प्रहरीको चेकपोस्टमा आगजनी

मोर्चाका कार्यकर्ताले सशस्त्र प्रहरीको चेकपोस्टमा आगजनी गरेका छन्। सप्तकोशी ब्यारेजको पश्चिमी गेटमा रहेको चेकपोस्टमा मोर्चा कार्यकर्ताले आगजनी गरेका हुन्। आगजनीबाट चेकपोस्ट ध्वस्त बनेको छ।

प्रधानमन्त्रीले काठमाडौं बोलाए सप्तरीका सिडिओ र एसपी

प्रधानमन्त्री पुष्पकमल दाहालले सप्तरीका प्रमुख जिल्ला अधिकार उद्धवप्रसाद तिमल्सिना र जिल्ला प्रहरी प्रमुख एसपी दिवेश लोहनीलाई काठमाडौं बोलाएका छन्। एमाले आमसभा अवरोध गर्ने क्रममा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएको अवस्थाबारे जानकारी लिन उनीहरुलाई बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

सप्तरी घटनाबारे एमालेले पत्रकार सम्मेलन गर्दै

सप्तरीमा प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको विषयलाई लिएर एमालेले आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएको छ। सोमबार एमाले सभा बिथोल्ने प्रयास गर्दा पेट्रोल बम सुरक्षाकर्मीमाथि हानेपछि प्रहरीले चलाएको गोलीबाट तीन जनाको मृत्यु भएको थियो।

मोर्चा सप्तरीको आपतकालीन बैठक राजविराजमा जारी

मधेसी मोर्चा सप्तरीको आपतकालीन बैठक राजविराजमा जारी छ। प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको अवस्था विश्लेषण गरी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा मोर्चाको आपतकालीन बैठक बसिरहेको हो।

सप्तरी घटनाको आक्रोशमा सिरहामा दुई ट्रकमा आगजनी

सप्तरीमा प्रहरीको गोलीबाट मधेसी मोर्चाका तीनजना प्रदर्शनकारीको निधन भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुलार्ई सुरक्षा घेरामा सुरक्षाकर्मीले सशस्त्र प्रहरी गण बरमझिया पुर्याएको थियो। सशस्त्र प्रहरीको गणबाट साँझ सुरक्षा घेरामै नेताहरुलाई ईटहरी पुर्याइएको थियो।

सप्तरी घटनापछि कमाण्ड सेन्टरमा सुरक्षा प्रमुखको आकस्मिक बैठक

प्रहरी प्रधान कार्यालय नक्सालमा तीनै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसिरहेको छ।  सप्तरी घटनाका विषयमा छलफलका लागि नक्सालमा रहेको कमाण्ड सेन्टरमा आकस्मिक बैठक बसेको हो।

सप्तरी घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो (अपडेट)

सप्तरी घटनामा तीन जनाको मृत्यु भएको छ। सप्तरीमा प्रहरीको गोली लागि घाइते भएका थप दुई जनाको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको छ।

एमालेको सप्तरी सभामा तनाब, प्रहरीसँग झडप हुँदा एकको मृत्यु, १४ घाइते

मेची- महाकाली अभियान अन्तर्गत नेकपा एमालेद्वारा सप्तरीमा आयोजित कार्यक्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मलेठ गाविस वडा नं २ बस्ने संजन मेहेताको मृत्यु भएको हो। झडपमा १४ जना घाइते भएका छन्।

सप्तरीमा एमालेको सभा सुरु, कार्यक्रम स्थल वरपर मोर्चाको प्रदर्शन

मेची- महाकाली अभियान अन्तर्गत नेकपा एमालेले सप्तरीमा आयोजना गरेको सभा सुरु भएको छ। कार्यक्रम स्थल गजेन्द्र नारायण औधोगिक क्षेत्रमा एमाले अध्यक्ष तथा तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनाल आइपुगेका छन्। सभालाई एमाले नेता रामपृत पासवानले सम्वोधन गरिसकेका छन्।

ओलीसहित एमाले नेता सप्तरी अाउँदै

नेकपा एमालेले शनिवारदेखि काँरभिट्टाबाट सुरु गरेको मेची–महाकाली अभियान आज सोमबार अपरान्ह सप्तरी आइपुग्दैछ। अभियानसँगै एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु सप्तरी आउँदैछन्।

मेची-महाकाली अभियान : सप्तरीमा कार्यक्रम व्यवस्थापन गर्न समस्या

एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने डेरा बस्दै गरेको नेपाल रेडक्रस सोसाइटीको भवनबाट निकालिएका छन्। आफ्ना केही नेताकार्यकर्तासँग बैठक बस्दै गरेको अवस्थामा न्यौपानेलाई रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले शनिबार पार्टी कार्यालयबाट निकालेका हुन्।

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीमा झडप

नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तीकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन सप्तरी सदरमुकाम राजविराजमा मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्