२० आश्विन २०८१ आइतबार
image/svg+xml

सप्तरीमा कुपोषणको डर लाग्दो तथ्यांक,कराेडोैं बजेट, तर प्रभावहीन कार्यक्रम

सप्तरीको डाढा गाविस–७ का १७ वर्षीय शम्भु रामको गत मंसिर १२ गते मृत्यु भयो। लामो समयदेखि कुपोषणले ग्रसित रामको उपचारकै अभावमा मृत्यु भएको परिवारजनको भनाइ छ।उसो त राम बच्चै देखि कुपोषित रहेका थिए। पछिल्लो चार बर्षदेखि उनको अवस्था निकै नाजुक बन्दै गएको थियो । चारवर्ष अघि अर्काको खेतमा मजदुरी गर्न गएका बेला शम्भु लडेका थिए।

जिप्रका सप्तरीमा बम राख्ने पक्राउ

जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सिराहाको गौरीपुर–५ बस्ने ५० वर्षीय नथुनी यादव र सप्तरीको प्रसवनी–७ घर भई हाल राजविराज–५ बस्ने ३० वर्षीय भवानीप्रसाद अरगरिया यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सप्तरीमा दुई मोटरसाइकल ठोक्किदा चार घाइते

सप्तरीको कल्याणपुर-३ मा आइतबार दुई मोटरसाइकल आपसमा ठोक्किदा चार जना घाइते भएका छन्।

सप्तरीमा महिलाको हत्या

सप्तरी बोरिया गाविसमा आज शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । बोरिया गाविस–१ स्थित नहरमा नाम ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

भाेला रिजाल नेतृत्वमा चिकित्सक टोली सप्तरीकाे तिलाठी क्षेत्र जाने

काठमाडौं– बाढीपहिरोबाट पीडित जनताको स्वास्थ्य उपचारका लागि वरिष्ठ चिकित्सकको टोली सप्तरी जिल्ला जाने भएको छ।लामो समयदेखि परेको अविरल वर्षाका कारण सप्तरीवासीको स्वास्थ्य उपचारका लागि भोला रिजाल नेतृत्वको विशेषज्ञ टोली अाउँदाे शुक्रबार सप्तरी जाने तयारी गरेको हो।

सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच झडप, २ नेपाली घाइते

तिलाठी(सप्तरी)– सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा बाँध निर्माणको विषयलाई लिएर नेपाली र भारतीय पक्षबीच भएको झडपमा २ नेपाली घाइते भएका छन्। भारतीय पक्षले चलाएको ढुंगा र लाठी लागेर तिलाठी–४ का देवनारायण यादव र तिलाठी–६ का रोशन झा घाइते भएका हुन्।

सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच झडप

तिलाठी(सप्तरी)– सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा अहिले नेपाली स्थानीय युवा र भारतीय स्थानीयबीच झडप भइरहेको छ। बाढी रोक्न दशगजा क्षेत्रमा बिहीबार बिहानैदेखि भारतीयहरुले एकतर्फी रुपमा बनाउन लागेको बाँध स्थानीय नेपाली युवाहरुले भत्काएपछि झडपको स्थिति सिर्जना भएको हो।

बाढीले अस्तव्यस्त सप्तरी,सप्तकोसी नगरपालिका डुवानमा

लगातारको बर्षापछि विभिन्न नदीमा आएको बाढीका कारण सप्तरीको जनजीवन अस्तव्यस्त भएको छ। बर्षा अझै रोकिएको छैन। सप्तकोसी, त्रियुगा, वलान, खाँडो लगायतका नदीमा पानीको वहाव निरन्तर बढी रहेको प्रहरीले जनाएको छ।

भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरी

भारतमा अंग्रेजले करिब दुई सय वर्षसम्म निरन्तर शासन चलाए । अंग्रेज लखेट्ने आन्दोलनको संगठित थालनी सन् १८५७ को सिपाही विद्रोहबाट भएको थियो । त्यसपछिका दिनमा महात्मा गान्धीको नेतृत्वमा नमक सत्याग्रहदेखि विदेशी वस्त्र बहिष्कारजस्ता आन्दोलन भए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्