रिपब्लिक मिडियाको अन्तरक्रियाः ‘प्रदेश २ मा समृद्धि सम्भव छ’
निजी क्षेत्रका अगुवा तथा नागरिकहरुले प्रदेश नम्बर २ मा रहेका केही चुनौतीलाई ब्यवस्थापन गर्नसके समृद्धि सम्भव रहेको बताएका छन्। नेपाल रिपब्लिक मिडियाले बुधवार वीरगन्जमा आयोजना गरेको ‘प्रदेश २ का सम्भावना’ बिषयक अन्तरक्रियामा बोल्दै उनीहरुले २ नम्वर प्रदेशले थुप्र सम्भावना बोकेकाले समृद्धि सम्भव रहेको बताएका हुन्।