२३ पुस २०८१ मंगलबार
image/svg+xml
कला

अन्तरक्रियामा पराजुली

इटहरी- साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको कथासंग्रह 'शुक्रराज शास्त्रीको चस्मा'माथि शनिबार इटहरीमा अन्तरक्रिया भयो। पूर्वका कवि तथा लेखकको बाक्लो उपस्थितिमा संग्रहमाथिको बहसका लागि कथाकार पराजुली, कवि मनु मञ्जिल, बम देवान र मिश्र बैजन्तीलाई मञ्चमा बोलाइयो।

२० वटा कथा संग्रह संग्रहित कथाका बारेमा मञ्चमा बोलाइएका कविलाई पालैपालो समालोचक रामजी तिम्सिनाले एकपछि  अर्को प्रश्न तेर्साए।   बहसमा पराजुलीको चौथो कथा संग्रह 'शुक्रराज शास्त्रीको चस्मा' मा कथाकारले हरेक कथामा एउटा विशेष परिस्थिती सृजना गर्नुलाई सफल पक्ष भएको कवि मनु मञ्जिलले बताए। 'कथाकारको अर्को सफल पक्षमा भाषामा कही कन्फ्यूजन नभएकाले क्ििलयर लेखन छ,' उनले भने, 'अनि, प्रत्येक कथामा रियालिटी छ।' कथामा राजनीतिमा अहिले देखिएको विकृति भावी पुस्ताका लागि गतिलो ज्ञान हुने र अन्य कथाहरु मानवीय संवेदनामै आधारित भएको उनले बताए। कथाकारले नेपाली बामपन्थी र मधेसवादी दलको कथामार्फत उछितो काडेका छन्।

'कथाकारले सरकारका असन्तुष्टि बडो कलात्मक ढंगले प्रस्तुत गर्नुका साथै मानवीय संवेदनका कुरालाई पढ्दा नछोडै नछोडै जस्तो हुन्छ,' मनुले भने। पराजुलीले वर्तमान समाजमा बढ्दै गोइरहेको संवेदनहीनतालाई पनि मार्मिक ढंगले प्रस्तुत गरेका छन्।

बहसका क्रममा मिश्र बैजन्तीले कथाकार पराजुलीले देखेका, महसुस गरेका र अनुभव गरेका कुरालाई स्पस्ट भाषाशैलीमा लेखिनुलाई सफल पक्ष मानिएको बताइन्। उनले भाषा कथाकारको आफ्नो भएपनि कुशल सिल्पी भएको बताइन्।

कथा संग्रहमा प्रेम र पत्रकारिता क्षेत्रमा देखिएका विकृति तथा विसंगीतका बिषयवस्तु पनि समेटिएका छन्। त्यसबारेमा बैजन्तीले भने पुरुष पात्र कथाकार भएकाले गर्दा बलियो पात्र भएर लेखेको बताइन्। 'महिलालाई बढी धोका दिए भनेर कथा लेखिएका छन्। पुरुष पनि विलय भएका र निरास भएका पात्र छन्,' उनले भनिन, 'कथाकार हाबी भएर महिला पात्रका बारेमा लेखिएका हुनाले पात्रमा भने त्यति न्याय भएको छैन्।'

कवि बम देवानले कथाकारले कथामा हुनुपर्ने स्थिती, सीमा, विचार, अवधारण र अनुभूतिलाई यर्थात रुपमा उत्रार्नुलाई सफल पक्ष मानेका छन्। 'मनमा लुकेको कुरा लेखिएको छ, जसले गर्दा कथा संग्रह सफल छ,' उनले भने।

लोकतान्त्रिक नेपालको जीवनशैलीलाई समेत राम्ररी चित्रण गरिएको कथा संग्रहमा देवानले एकले अर्कोलाई भर्‍याङ् बनाएर अहिलेको राजनीति सवैतिर अराजक ढंगले चलेको यर्थात भएको बताए। 'राजनीति र लोकतान्त्रिक जीवनशैलीमा देखिएका विकृति र विसंगतीलाई फालेर समृद्द राष्ट्र बनोस् भन्ने चाहना राखेर उनीहरुप्रति कथाका माध्यमबाट कवि खनिएको प्रस्ट हुन्छ,' देवानले भने। देवानले पराजुलीलाई अब अन्य कथा संग्रह लेख्दा प्रकृतिलाई पनि सम्बन्ध बनाएर लेख्दा ज्यादै राम्रो हुने सुल्झाए।

कथाकार पराजुलीको कथा संग्रह बहसका लागि मञ्चमा डाकेका कविसँगै सहभागीलाई पनि समालोचक तिम्सिनाले प्रश्न सोधे। सहभागीमध्ये भाषाविद् डाक्टर टङ्क न्यौपानेले मान्छेमा हुने अवसरवादी प्रवृतिलाई गतिलो ढंगले कथामार्फत कथाकारले उल्लेख गरेको बताए। प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेलले कथाकारले आशा गरेको नेपाली बामपन्थीले नेपाली जनताको भावना अनुसार काम नगरेकोमा उछितो काढनु जायज भएको बताए।

 कथाकार पराजुलीले पनि बामपन्थी दल पटकपटक सत्तामा पुग्दा र मधेसी जनताको नाममा राजनीति गर्नेले राजनीतिको नाममा जागिर मात्र खाएकाले गर्दा कथामार्फत जनताका आवश्कता पुरा गर्न दबाब दिएको प्रस्टयाए। 'बढी आसा गरिएको र मधेसको मसिया भनेर राजनीति गर्नेले जनताको भावनामाथि बढी कुठाराघात गरेकाले गर्दा कथामा समेटिएको हो,' पराजुलीले सहभागीमाझ प्रस्टयाए।

फेरिँदो सौन्दर्य र भत्किँदो संक्रमणलाई जीवन्त बिम्बहरुमा कथा उत्तारेका पराजुलीले समाजलाई यर्थात सन्देश दिने कथाकार भएको साहित्यकार कुन्ता शर्माले बताइन्। कथाकार पराजुलीको 'शुक्रराज शास्त्रीको चस्मा' कथा संग्रहको बहस कार्यक्रम शब्द प्रवाह संस्थाको आयोजनामा भएको थियो। कार्यक्रमा सुनसरी, मोरङ, झापालगायतका कवि तथा लेखकको सहभागिता रहेको थियो।

पराजुली साहित्यमा आख्यानकार, कवि, सम्पादक र समीक्षकका रुपमा विशेष सक्रिय छन्। उनको विकल्प यात्रा, जाडोमा भोक र सपनामा माक््रस जस्ता कथा संग्रहहरु, अनायिका उपन्यास तथा भ्रष्ट संवेदना कथा संग्रह प्रकासित छन्।

प्रकाशित: २८ कार्तिक २०७३ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App