११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
प्रवास

प्रवासको साहित्य र पत्रकारितामाथि सिड्नीमा अन्तरक्रिया

सिड्नी—प्रवासमा हुने साहित्य सृजना र पत्रकारिताबारे सिड्नीको दक्षिण कोग्रामा अन्तरक्रिया कार्यक्रम भएको छ। अष्ट्रेलियाबाट प्रकाशन हुँदैं आएको पाक्षिक पत्रिका नेपालीपत्र र साहित्यिक अनलाइन साताको साहित्यको संयुक्त आयोजनामा यो अन्तरक्रिया कोग्रा स्कुल अफ आर्टमा आइतबार मध्यान्ह १२ देखि अपरान्ह ३ बजेसम्म चलेको थियो।

कार्यक्रमको मुख्य वक्ताको रुपमा उपन्यासकार यवं युवा साहित्यका बुद्धिसागर र पत्रकार उमेश श्रेष्ठ सहभागी भएका थिए। कार्यक्रममा साहित्यकार बुद्धिसागरले साहित्य सृजनाका क्रममा आफूले भोगेका अनुभवको साथै हलमा उपस्थित दर्शकले उपन्यास कर्णाली ब्लुज र फिरफिरेमाथि राखेका जिज्ञासको जवाफ दिएका थिए।

उनले रचना गर्भ, पात्र छनौट, आख्यानको विषय जस्ता विभिन्न प्रसंगहरूमा आफ्ना भनाईहरु राखे। अस्ट्रेलियामा सक्रिय साहित्यकार निस्प्रभ सजीले सहजिकरण गरेका अन्तरक्रियामा सहित्यकार बुद्धिसागरले कविता वाचन पनि गरेका थिए।

यसैगरी कार्यक्रममा नेपालको अनलाइन पत्रकारिताको इतिहासका विषयमा पत्रकार उमेश श्रेष्ठले प्रस्तुति दिएका थिए। उक्त अवसरमा पत्रकार श्रेष्ठले फेसबुक, युट्युव र ट्विटर भन्दा अघि शुरु भएको माईसन्सार डट कमको उदाहरण दिँदै नेपालमा पत्रकारिता क्षेत्रको चुनौतिका बारे प्रस्ट्याएका थिए। डायलअप कनेक्सनको इन्टरनेटका भरमा रातभर खटेर निष्पक्ष र पत्रकारितामा नयाँ प्रयोगको थालनी गरेका उनको भनाइ थियो।

धेरै कमाउन र पाउन नसकेपनि मनभरि सन्तुष्टि कमाएको उनले बताए।  ब्यवसायी संजिव  पाण्डेले पत्रकार उमेश श्रेष्ठसँगको अन्तरक्रियालाई सहजिकरण गरेका थिए।

 कार्यक्रममा अमित श्रेष्ठले नेपालमा गएको बिनासकारी भुकम्पको सेरोफेरोमा लेख्नु भएको पुस्तक  द फल्टको पनि विमोचन गरिएको थियो।

प्रकाशित: १२ आश्विन २०७३ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App