१५ वैशाख २०८१ शनिबार
image/svg+xml

भारतबाट फर्केकालाई सिधै घर पठाउँदा जोखिम बढ्यो

भारतका विभिन्न ठाउँमा रहेका नेपाली सुदूरपश्चिम फर्कने क्रम रोकिएको छैन। कोरोनाको संक्रमण भयाभह रूपमा फैलिरहेको भारतबाट आएका नेपालीलाई क्वारेन्टिनमा नराखी साउनदेखि सिधै घर–घर पठाउन थालिएको छ। यसले संक्रमण समुदायमा फैलिने जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न लागेका छन्।

लापरबाहीले भयावह बन्दै संक्रमण, भारतीय कामदारबाट जोखिम

कोरोना संक्रमणबाट बिहीबार जगदम्बा इन्टरप्राइजेजका ५६ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सिइओ) को नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भयो। भारतीय नागरिक उनको मृत्युसँगै इन्टरप्राइजेजका सम्पूर्ण कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ।

कोरोना संक्रमणले एकैदिन चारजनाको मृत्यु

जोखिमको मात्रा बढ्दै गएपछि विराटनगर महानगरपालिकासहितका केही स्थानीय तह र जिल्लाले फेरि केही समयका लागि लकडाउन घोषणा गरेका छन् । केन्द्र सरकारले पनि अवस्थाको मूल्यांकन गर्दै आवश्यक निर्णय लिने तयारी गरेको छ ।

बजारहरूमा मानिसको भिडभाडले बढायो कोरोनाको जोखिम

केहि दिनदेखि छिमेकी जिल्ला पर्साको वीरगन्जमा लकडाउन रहेकै अवस्थामा कोरोना भाइरसको कारणले दिनहुँ जसो मानिसको मृत्यु भैरहेको घटना सार्वजनिक भएपनि बाराका बजारहरुमा मानिसको भिडभाड बढेसँगै कोरोना भाइरसको जोखिम बढाएको छ।

थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार सात सय ८६ नमुना परीक्षण गर्दा दुई सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

भारत र तराईबाट आउनेमा संक्रमण बढी

पछिल्लो साता तराईका केही जिल्लासहित काठमाडाैंमा दैनिक कोरोना संक्रमण वृद्धि हुने क्रम जारी छ। बिहीबार काठमाडाैं उपत्यकामा थप ४८, पर्सामा ४९, धनुषा र कास्कीमा १४ जना संक्रमित थपिएका छन्। नयाँसहित उपत्यकामा संक्रमित हुनेको सख्या ५ सय ३९ पुगेको छ।

वीरगन्जमा बिकराल बन्दै संक्रमण

वीरगन्जमा दुई साताअघि कोरोना भाइरस संक्रमणको अवस्था दिन प्रतिदिन बिकराल बन्दै गएको छ। केही साताअघि यहाँ सक्रिय कोरोना संक्रमितको संख्या शून्य बन्न लागेको थियो। बजार व्यवसाय साविक जस्तै खुलेर लयमा फर्किन कोशिस गरिरहेको थियो।

कोरोना संक्रमण बढेपछि स्याङजामा पाँचजना भन्दा बढी भेला हुन रोक

स्याङजामा पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेसँगै कडाई गरिएको छ । ठूलो संख्यामा प्रहरीमा संक्रमण पुष्टि भएपछि त्रास छाएको स्वास्थ्यकर्मीले बताएका छन् ।

रासायनिक मल किन्दा कोरोना संक्रमणको जोखिम

महिना दिन अघिदेखि खुलेआम रुपमा नेपाल र भारतको सीमावर्तीमा आवागमन बढ्दो छ। भारतीय रासानिक मल किन्न नेपाली किसान जाँदा आवागमन बाक्लिएको हो। ८२ किलोमिटर खुला सीमामा रासानिक मल किन्न दैनिक सयौं किसान सीमावर्तीसम्म पुग्छन्।

प्रदेश १: कोरोना विपदमा अकर्मण्य बन्दै सरकार

प्रदेश र स्थानीय सरकारको लापरबाहीका कारण प्रदेश १ मा कोरोना संक्रमण समुदायसम्मै फैलिएको छ। प्रदेश राजधानी विराटनगरमा दिनहुँ संक्रमितको संख्या बढिरहँदा संक्रमित स्वच्छन्द रूपमा बजार डुलिरहेको समेत भेटिएको छ।

उपत्यकामा एकैदिन ५३ संक्रमित

पछिल्लो साता दैनिकजसो संक्रमितको मृत्यु हुनु, विभिन्न ठाउँमा सामूहिक रुमपा संक्रमित भेटिनु र ट्राभल हिस्ट्रीसमेत नभएकामा संक्रमण पाइनुले संक्रमण समुदाय तहमा फैलिँदै गएको देखिन्छ।

थप ३११ जनामा कोरोना संक्रमण, १२१ डिस्चार्ज

मंगरबार थप तीन सय ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार नेपालमा १९ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

नौतनवाबाट आएका तीन जना भारतीयमा कोरोना संक्रमण

मजदुरीकालागि भारतबाट आएका तीन जना भारतीय नागरिकमा कोरोना सक्रमण देखिएको छ । बुटवलको व्यस्त बजार अमरपथ स्थित गण्डकी सिरक डसना स्टोरमा कार्यरत तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू साउन ७ गते भारतको नौतनवाबाट आएका हुन ।

काेराेनाका कारण होटल छाड्दै लेकसाइटका व्यवसायी

कोरोना संक्रमणले मुलुकभित्र चैतदेखि लकडाउन सुरु भए पनि पर्यटन व्यवसायीले माघदेखि नोक्सान खेप्न थालेका थिए। त्यसले गर्दा बढी मारमा व्यवसायी थिए। माघदेखि आम्दानी गुमाउन थालेका व्यवसायीको चैतपछिको कमाइ शून्यमा झरेको थियो। तर, महंगो भाडा छुट गर्नमा घरमुलीले उत्तिसारो चाँसो देखाएनन्।

प्रहरीमा संक्रमण बढ्दै

आइतबार मात्रै २३ प्रहरी संक्रमित भएका छन्। प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जना र प्रदेश १ प्रहरी कार्यालयका १९ जना संक्रमित भएका हुन्। योसँगै संक्रमित हुने प्रहरीको संख्या १ सय १९ पुगेको छ। संक्रमितमध्ये ९५ जना निको भइसकेको र १९ जना आइसोलेसनमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्