किनमेल गर्न भारत गएकी महिला बेपत्ता
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीया कौशा धामी बजारमा किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता भएकी छिन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीया कौशा धामी बजारमा किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता भएकी छिन् ।
संयुक्त राष्ट्रसंघमा जागिरका लागि अन्तर्वार्ता दिन भन्दै तीन दिनअघि नेपाल आएका पाकिस्तानी सेनाका पूर्वकर्नेल मोहम्मद हबिब जाहिर बेपत्ता भएका छन्। नेपालस्थित पाकिस्तानी दूतावासले उनी हराएको भन्दै खोजीका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ।
पाकिस्तानको दक्षिणी नाउसाह्रो फेरोज जिल्लामा सोमबार बिहान डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य १६ जना हराइरहेका छन् ।
जिल्लाको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्दा दुईजना बेपत्ता भएका छन् ।
जापानको टोकियोमा स्कूले विद्यार्थी बसेको एक रिसोर्ट हिम पहिरोले पुरिदा ८ विद्यार्थी बेपत्ता भएका छन् भने थुप्रै घाइते भएका छन् ।
त्रिशुली नदीमा बोलेरो जीप खस्दा दुई जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्। चितवनको कविलास-४ स्थित १७ किलोमा आज बिहान करिब ३ बजे ना३ख ७५४३ नम्बर जिप त्रिशुली खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
एक महिनाअघि साउदीमा बिरामी परेका धादिङको वसेरी-४ का आशमान गुरुङ बेपत्ता छन्। श्रवणशक्ति गुमाएका आशमान गत पुस पहिलो साताबाट साउदीको रियादबाट बेपत्ता भएको दाजु सकराम गुरुङले बताए।
केही समय अघि कमलरी विकास मञ्च नामक संस्थाले हालसम्म बेपत्ता कमलरीको तथ्यांक सार्वजनिक गर्यो। तथ्यांकमा दाङका पाँचसहित पश्चिम तराईका अन्य जिल्लामा गरी कुल २७ कमलरी बेपत्ता भएको उल्लेख छ।
चितवनको दारेचोक गाविस–४ स्थित नाग्दी खोला नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खस्दा एकजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ५ बजेको समयमा चामल बोकेर वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना५ख ५६५४ नंको ट्रक अनियन्त्रित भई त्रिशूली नदीमा खसेर सो दुर्घटना भएको हो।
छ दिन अगाडि मध्य इटालीको एउटा चारतारे होटेलमा हिम पहिरोले पुरिँदा ज्यान गुमाउने व्यक्तिको सङख्या १२ पुगेको छ। यस हिमपहिरोमा परी अझै पनि १७ जना बेपत्ता रहेका छन्।
बिभिन्न समयमा आफन्त बेपत्ता भएको भन्दै स्थानीय शान्ति समिति तेह्रथुम मार्फत उजुरी दिने पीडित परिवारहरुलाई बेपत्ता छानबिन आयोगले थप प्रमाण पेश गर्न अनुरोध गरेको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिबारे थप प्रमाण पठाउन पत्राचार गरेपछि स्थानीय शान्ति समिति र पीडितहरू प्रमाण खोजीमा जुटेका छन् ।
भेनेजुएलाको एमाजोनस् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन्।
रसियाको दक्षिणी सहर आद्लेरबाट उडान भरेको रसियाली सैनिक विमान राडार (विमान कुनै ठाउँबाट उडिरहेको छ भनेर हेर्ने कम्प्युटरको मोनिटर ) बाट सम्पर्क बिहीन भएको रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको स्थानीय समाचार निकायले जानकारी दिएको छ।
घरबाट विद्यालय जान निस्किएका धुषा–१, आदमाराका सन्तोष गिरी १० दिनदेखि बेपत्ता भएका छन् । बेनीघाटस्थित चन्द्रोदय माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय गिरी यही मङ्सिर १७ गतेदेखि हराएका हुन् ।