२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिमपहिरोमा परी १२ को मृत्यु १७ बेपत्ता

पेन्ने (इटाली)- छ दिन अगाडि मध्य इटालीको एउटा चारतारे होटेलमा हिम पहिरोले पुरिँदा ज्यान गुमाउने व्यक्तिको सङख्या १२ पुगेको छ। यस हिमपहिरोमा परी अझै पनि १७ जना बेपत्ता रहेका छन्।

सो हिमपहिरो गएको छ दिन पछाडि पनि कोही व्यक्तिको जीवितै उद्धार गर्न सकिन्छ कि भन्ने कोसिस जारी रहेको बताइएको छ ।

यद्यपि होटेलमा हिमपहिरोले पुरिएका करिब ११ व्यक्तिलाई जीवितै उद्धार गरिएको अधिकारीहरुले गत शनिबार नै जानकारी दिएका थिए ।

बुधबार नै इटालीको पर्वतीय क्षेत्रमा तीन पटकसम्म गएको भूकम्पपछि विशाल हिमपहिरो गएको र त्यहाँका अन्य धेरै संरचनासमेत नष्ट भएको स्थानीय अधिकारीहरूले बताएका थिए। रासस/एपी

 

प्रकाशित: ११ माघ २०७३ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App