१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

देवघाटमा श्राद्ध गर्नेक्रममा डुबेर दाजुभाइ बेपत्ता

तीर्थस्थल देवघाट धाममा श्राद्ध गर्न आएका दुई दाजुभाइ नुहाउने क्रममा आज दिउँसो नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार डुबेर बेपत्ता हुनेमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र उनका भाई २८ वर्षीय राजकुमार श्रेष्ठ छन् । दिउँसो १ बजे श्राद्ध गर्न पूर्व देवघाटतर्फको नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएको हुन् ।

गुरुकुलबाट दुई बालक बेपत्ता

गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् । बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरुकुलमा अध्ययन गर्दै आएका दुईजना बालक यही सोमबारदेखि बेपत्ता भएका छन् । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा निवासी नीता भट्टराईका १० वर्षीय छोरा सागर भट्टराई र धनगढी घर भएका १२ वर्षीय अर्जुन सुवेदी बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । गुरुकुलबाट विद्यार्थी बेपत्ता भएपछि परिवारका सदस्य आक्रोशित भएका छन् ।

विवाह भएको पाँच दिनपछि बेहुला बेपत्ता

विहे गरेलगत्तै बेहुला हराएपछि आफन्तमा निरासा छाएको छ। अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा ५ मैदानका ३० वर्षीय बेहुला हरिप्रसाद भट्टराई विवाह भएको ५ दिनपछि असोज २२ गते दिउँसो सन्धिखर्कबाट बेपत्ता भएका थिए।

बेपत्ता युवकको शव भेटियो

घरबाट बेपत्ता भएका एक युवककाे शव भुँजीखोलामा फेला परेको छ । असोज ७ गते घरबाट बेपत्ता भएको ढोरपाटन नगरपालिका—१ बुर्तिबाङका २१ वर्षीय सुनिल कुँवरको शव मंगलबार भेटिएको हो । मानसिक अवस्था कमजाेर भएका कुँवर असोज ७ मा साँझ घरबाट निस्किएका आफन्तले जानकारी दिए ।

क्यालिफोर्नियाको डढेलोमा २३ काे मृत्यु, ६ सय बेपत्ता

अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि मृत्यु हुनेको संख्या २३ पुगेको छ । जंगलमा लागेको डढेलो पछि सहर बस्तीमा छिरेपछि ठूलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

खोलामा डुबेर दुई बालिका बेपत्ता

रौतहटको डोरी खोलामा डुवेर दुई बालिका बेपत्ता भएका छन् । दुर्गा भगवती गाउँपालिका र माधवनारायण नगरपालिकाको बीचमा पर्ने डोरी खोलामा विहीबार दिउँसो बाख्रा चराउन गएकी दुई बालिका नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गंगापिपराले जनाएको छ।

सर्लाहीको लखनदेही खोलाले बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

सर्लाहीको लखनदेही खोलाको भेलले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लालबन्दी नगरपालिका वडा १२ बाट दशैंको टीका लगाएर घर फर्किने क्रममा सर्लाहीको पत्थरकोट जियाजोरस्थित लखनदेही खोला तर्दा चार जना जना बेपत्ता भएका थिए। अर्का एक जना भैंसी चराउन गएका बेला खोलाले बगाएको प्रहरीले जनाएको छ।

नुहाउन गएका काका भतिज कर्णालीमा बेपत्ता

कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजना युवकको खोजी कार्य जारी छ। मोहन्याल गाउँपालिका पितमारी नजिकै हिजो साँझ ५ बजेतिर नदीमा नुहाउने क्रममा टीकापुरका काका भतिजा बगेर बेपत्ता भएका हुन।

६३ रोहिङ्गा मुसलमान मारिएका वा बेपत्ता ?

डुङ्गा दुर्घटनामा ६० भन्दा बढी रोहिङ्गा मुसलमान समूहका व्यक्ति मारिएका वा बेपत्ता भएका संयुक्त राष्ट्र संघ आप्रवासी निकायले शुक्रबार जानकारी दिएको छ । रोहिङ्गा मुसलमान समूहका व्यक्ति म्यानमारबाट बंगलादेश जाने क्रममा डुङ्गा दुर्घटना घटना भएको छ । म्यानमारमा जारी द्वन्द्वको कारण रोहिङ्गा मुसलमान म्यानमारबाट बङ्गलादेशमा भाग्ने क्रममा जारी रहेको छ

लिवियामा डुङगा डुब्दा सय जना बेपत्ता

लिवियाको पश्चिमी क्षेत्रमा आप्रबासी चढेको डुङ्गा डुब्दा एक सय जना भन्दा बढी यात्रु बेपत्ता भएका छन्।  उद्धारकर्ताहरुले बुधबार सात जनालाई जिवितै उद्धार गरेको लिवियन नौसेनाले बिहीबार जनाएको छ।

तातोपानीको भीरबाट मोटरसाइकल खस्दा एक बेपत्ता

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको दानाको काभ्रेभिर र भुरुङ तातोपानीमा सडकबाट खसेर दुईजना बेपत्ता भएका छन्। अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभिर स्थित सडकबाट खसेर शनिबार दिउँसो एक भारतीय तीर्थयात्री र अन्नपूर्ण–२ भुरुङ तातोपानीको भिरबाट मोटरसाइकलसहित खसेर अर्का एक नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ठेकेदार काम छाडेर बेपत्ता

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कम्पनी पनि छ । यी कम्पनीले ३० वटा भवन निर्माणको ठेक्का लिएका थिए ।

अवैध रूपमा बालुवा निकाल्न खाेज्दा एक बेपत्ता

नुवाकोटको बेलकोटगढी नगरपालिका ७ स्थित त्रिशुली नदीमा अवैध रुपमा बालुवा निकाल्न खोज्दा स्काभेटर भासिएर एक जना बेपत्ता भएका छन् । रातको समयमा स्काभेटर प्रयोग गरी बालुवा निकाल्ने क्रममा धादिङका २९ वर्षीय सुरेश तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

समयमै बेपत्ताको सम्बोधन

झन्डै १५ हजार नागरिकको ज्यान गएको, बेपत्ता पारिएको र धेरैको सम्पत्ति नष्ट भएको त्यो समयलाई सम्बोधन गर्न राज्यद्वारा गठित निकायहरू सक्रिय हुनु त छ नै, सँगै शान्तिप्रक्रियाको अंग रहेका प्रमुख दलका नेताले यसलाई जिम्मेवारीपूर्वक समाधान गर्नु त्यत्तिकै आवश्यक छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्