७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

तातोपानीको भीरबाट मोटरसाइकल खस्दा एक बेपत्ता

बाबियाचौर (म्याग्दी)—बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको दानाको काभ्रेभिर र भुरुङ तातोपानीमा सडकबाट खसेर दुईजना बेपत्ता भएका छन्। अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभिर स्थित सडकबाट खसेर शनिबार दिउँसो एक भारतीय तीर्थयात्री र अन्नपूर्ण–२ भुरुङ तातोपानीको भिरबाट मोटरसाइकलसहित खसेर अर्का एक नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सडक विस्तार भइरहेकाले गाडी रोकिएको अवस्थामा पैदलै घाँसातर्फ जाँदै गरेका भारत बिहारका ललन शर्मा सडकको डिलबाट खोँचमा खसेका हुन्। शर्माले लगाएको गलबन्दी भिरमा अड्किएको अवस्थामा देखिएको र उनको खोजीमा प्रहरी परिचालन भएको घटनास्थलबाट इन्द्रसिङ शेरचनले बताए।

यसैगरी शुक्रबार भुरुङ तातोपानीदेखि बेनी आउँदै गरेको मोटरसाइकलसहित कालीगण्डकी नदीमा खसेर हेटौँडा उपमहानगरपालिका–१६ का अन्दाजी २४ वर्षीय बादल बम्जन बेपत्ता भएका छन्। ग १२ प ५३४ नं को मोटरसाइकलमा बेनी आउँदै गरेका उनी भुरुङ तातोपानीको भिरबाट कालीगण्डकी नदीमा खसेका थिए ।

बम्जनको खोजी जारी रहेको र अवस्था अज्ञात रहेको भुरुङ तातोपानी प्रहरी चौकीले जनाएको छ। रासस

प्रकाशित: २५ भाद्र २०७४ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App