१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

द्वन्द्व र बेपत्ता नागरिक

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकार समीकरणको मुख्य सहमति नै विगतको द्वन्द्वमा भएका मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई उन्मुक्ति दिने भन्ने हो । त्यसैले दोषीलाई सजाय दिलाउने काम सहज पक्कै छैन ।

तेह्रथुममा बेपत्ता हुने महिलाको संख्या बढ्दै

पछिल्लो समय जिल्लामा छोरीसहित महिला बेपत्ता हुनेको संख्या बढ्दै गएको छ । एक महिनाको अवधिमा महिला हराएकोले खोजी गरि दिन भन्दै प्रहरीमा उजुरी आउनेको स‍ख्या समेत बढेको छ ।

दुई सातादेखि महिला बेपत्ता

कुश्मा नगरपालिका–६ की एक युवती विगत दुई सातादेखि बेपत्ता भएकी छिन्। घरायसी समस्या देखाउँदै ३६ वर्षीया लक्ष्मी गिरी बेपत्ता भएकी हुन्।

१२ वर्षदेखि बेपत्ता छोरो खोज्दै वृद्धा आमा

१२ वर्षदेखि वेपत्ता छोराको खोजी गरिदिन एक बृद्ध आमाले जिल्ला प्रहरी कार्यालय उदयपुरलाई आग्रह गरेकी छन्। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको अन्त्य भईसकेपछि ०६२ मंसिर ५ गतेदेखि बेपत्ता जिल्लाको चौदण्डीगढी नगरपालिका ६ का सन्तोष खत्रीको खोजी गर्न अनुरोध गर्दै ६२ वर्षीया आमा जानुका खत्री प्रहरी कार्यालय आएकी हुन्।

भिरबाट लडेर एकको मृत्यु, त्रिशुली नदीले बगाउदा एक बेपत्ता

नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा नुवाकोटको शिवपुरी गाँउपालिका वडा नंं ७ सुनखानी गुरुङगाँउका लालीमाँया तामाङ रहेकी छिन्।

खोलाले बगाएर युवक बेपत्ता

बास्केटबल इलामका अध्यक्ष रोहन आचार्य खोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका छन्। इलाम नगरपालिका–७ का ३३ वर्षे रोहनलाई सोमबार दिउँसो पौडी खेल्नेक्रममा माइखोलाले बगाएको प्रहरीले जनाएको छ।

पूर्वमा २० को ज्यान गयाे, १७ बेपत्ता

अविरल वर्षाले झापामा ४, मोरङमा ६, सुनसरीमा ८ जना, पाँचथरमा १ र इलाममा १ जना गरी २० जनाको मृत्यु भएको पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

मकवानपुरमा बाढी र पहिरोबाट ६ जनाको मृत्यु, ८ जना बेपत्ता

बाढी पहिरोबाट मकवानपुरमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने ८ जना बेपत्ता भएका छन्।

पर्सामा बाढीले २ को मृत्यु ३ बेपत्ता

अविरल वर्षाका कारण आएको बाढीले पर्सामा २ जनाको बगेर मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन्। यहाँका पचास बढी गाउँमा बाढी पसेको छ।

पाँचथरमा बेपत्ता बनेका तीन अझै अज्ञात, ५० परिवार विस्तापित

बाढी-पहिरोका कारण पाँचथरको जनजीवन कष्टकर बनेको छ। अविरल बर्षाका कारण बाढी, पहिरोले वितण्डा मञ्चाएको छ। फालेलुङ–३ मा निवाखोला लद्यु जलविद्युत आयोजनासँगै पहिरोले बगाएर बेपत्ता भएका तीन जना जिवितै उद्वार हुने सम्भावना घट्दै गएको छ। पहिरो र निरन्तरको पानीका कारण उनीहरुको खोजी कार्य जटिल बेनेको छ।

पहिरोमा परेर एकको मृत्यु, तीन बेपत्ता

केहि दिन यतापरेको अविरल बर्षाका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका तीन जना बेपत्ता छन्। पाँचथरको फालेलुङ गाँउपालिकोको दुई स्थानमा गएको पहिरोले घर बगाएको हो। पहिरोले बगाएका तीनजना वेपत्ता भएका हुन। एकजना घाईते छन्।

रसुवामा पहिरोमा पुरिएर तीनको मृत्यु, एक बेपत्ता

रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेवेशीमा वर्षासँगै आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्।

भियतनाममा बाढीबाट नौ जनाको मृत्यु, २४ बेपत्ता

भियतनामका विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी नौ व्यक्तिको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्