१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नहरमा डुबेर एक बालिकासहित दुई बेपत्ता

नहरमा डुबेर शुक्रबार नवलपरासीमा एक बालिकासहित दुईजना बेपत्ता भएका छन् । जिल्लाको प्रसौनीस्थित नेपाली नहरमा डुबेर दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बागलुङमा पहिरोले पुरिएर तीन जनाको मृत्यु, चार जना बेपत्ता

जिल्लाको पश्चिममा बाढी पहिरोको कारण तीन जनाले ज्यान गएको छ। चार जना बेपत्ता भएका छन्। निरन्तर वर्षाका कारण बाढी पहिरो जाँदा ढोरपाटन नगरपालिका-५ मा एक जना र निशीखोला गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।

त्रिशुलीमा टिपर खस्यो, चालकसहित दुई जना बेपत्ता

धादिङको गजुरी गाउँपालिका-२ स्थित बिहानी पम्प नजिकै त्रिशुलीमा टिपर खस्दा दुई जना बेपत्ता भएका छन्। बा४ख ५१४६ नम्बरको उक्त ट्रिपर बिहान ५ बजे त्रिशुलीमा खसेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए।

एघार दिनदेखि बेपत्ता तिलबिरको शव फेला

एघार दिनदेखि बेपत्ता तिलबीर गाहाको शव तिनाउ खोलामा फेला परेको छ । जिल्ला वन कार्यालयका सवारी चालक गाहा असार २५ गते तिनाउ खोलाको बाढीमा बेपत्ता भएका थिए ।

बेपत्ता युवक सार्वजनिक गर्न माग गर्दै बागलुङ सदरमुकाम बन्द

लागूऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका एक युवकको खोजी गर्न माग गर्दै उनका परिवारले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन्।

लुम्बिनीबाट बेपत्ता भएका पूर्व कर्नेलबारे पाकिस्तानले भारतसँग औपचारिक जानकारी माग्यो

पाकिस्तानले नेपालबाट बेपत्ता भएका आफ्ना एक पूर्व सैन्य अधिकारीको अवस्थाबारे भारतसँग जानकारी माग गरेको छ। नेपालको लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका पूर्व कर्णेल मोहम्मद हबिब जाहिरको अवस्थाबारे इस्लामावादस्थित भारतीय मिसनसँग पाकिस्तान सरकारले औपचारिक रुपमा जानकारी माग गरेको हो।

सगरमाथामा १४ महिनादेखि बेपत्ता भारतीय नागरिकको शव फेला

सगरमाथा आरोहणको क्रममा १४ महिनादेखि हराईरहेका विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्।

खोलाले बगाउँदा श्रीमान्को मृत्यु, श्रीमती बेपत्ता

ताप्लेजुङको सिदिङ्वा गाँउपालिका– ७ सुरुम्खिम बस्ने एक दम्पतीलाई शुक्रबार खोलाले बगाउदा श्रीमान्को मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन् । खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो ।

खोलामा डुबेर एकको मृत्यु एक बेपत्ता

गुल्मीको बढीघाट खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको ज्यान गएको छ । चन्द्रकोट गाउँपालिका अन्तर्गत मजुवा बजार नजिकै बढीघाट खोलामा जाल खेलेर माछा मार्ने क्रममा जालमा अल्झिएर चन्द्रकोट गाउँपालिका ८ का २५ वर्षीय युवराज रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

एक हप्तादेखि शिक्षक बेपत्ता

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाटस्थित बोक्से स्थायी घर भई त्रियुगा नगरपालिका–७ असारीको जनता निम्नमाध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक जयबहादुर राई एक हप्तादेखि घरबाट बेपत्ता भएका छन्।

मानसिक सन्तुलन गुमाएका कार्की १५ दिनदेखि बेपत्ता

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१० बस्ने सहदेवकुमार कार्की १५ दिनदेखि बेपत्ता भएका छन्।

माछा मार्न जाँदा नदीमा बगेर युवक बेपत्ता

जाजरकोटमा एक युवक भेरी नदीमा बगेर बेपत्ता भएका छन्। माछा मार्न भेरी नदीमा गएका छेडागाड नगरपालिका १ का २७ वर्षीय शरण पुन बेपत्ता भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्