१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कालीगण्डकीमा दुई युवक बेपत्ता

पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा शनिबार बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन्।

नदीमा बेपत्ता बालक मृत फेला

कालीगण्डकी नदीमा बेपत्ता भएका एक बालक बुधबार मृत अवस्थामा फेला परेका छन्।  कालीगण्डकी नदीमा सोमबार दिउँसो बेपत्ता भएका रम्भा गाउँपालिका–१ हुँगी पाल्पाका ३ वर्षीय अबिरल पुनको शव सिद्धबाबा मन्दिर नजिकै कालीगण्डकीको किनारमा तैरिएर बसेको अवस्थामा स्थानीयवासीले फेला परेका हुन्।

जापानमा पहिरोले पुरिएर छ बेपत्ता

दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन्।

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन्।

उदयपुरमा भीषण आगलागी, बाह्र घर जलेर नस्ट, एक बेपत्ता

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ।

निर्माणाधिन वन कार्यलयको भवन तीन बर्षदेखि अलपत्र, ठेकेदार बेपत्ता

तीन बर्षदेखि जिल्ला वन कार्यालय सोलुखुम्बुको निर्माणाधिन भवन अलपत्र बनेको छ। ठेकेदार कम्पनीको लापरबाहीका कारण भवन अलपत्र बनेको हो। शान्ति तथा पुननिर्माण मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गा मार्फत २०७१ साल माघ २० गते एक करोड २९ लाख रुपैयाँमा दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी भवन निर्माणको काम थालीएको थियो।

बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

पदयात्रा (ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन्।

बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ।

ढिस्कोले स्काभेटर पुर्दा दुई बेपत्ता

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई जना वेपत्ता भएका छन्। जिल्लाको बडिगाड गाउँपालिका—१० साविकको दर्लिङ—८ निगलापानीमा माथिबाट खसेको ढिस्कोले स्काभेटर पुरिँदा त्यसका चालक र सहचालक पनि पुरिएको बताईएको छ।

एक महिनादेखि बेपत्ता महतो मृत फेला

एक महिना अघि बेपत्ता भएका गौशाला नगरपालिका १२ का ५५ वर्षिय रामदेव महतोको शव फेला परेको छ। माघ २ गते देखि घरबाट वेपता भएका महतोको शव मंगलबार उनको घर नजिकैको उखुबारीबाट बरामद भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। डेढ महिनापछि महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा मंगलबार उनको सडेगलेको अवस्थामा शव वरामद भएको प्रहरीले जनाएको छ ।

नुहाउन गएका टिपर चालक सुनकोशीमा डुबेर बेपत्ता

महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन्। कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन्।

साढे ७ वर्षदेखि बाबु–छोरा बेपत्ता

इलामको देउमाई नगरपालिका साविक (धुसेनी–४) की ५७ वर्षीया तोरणकुमारी चापागाईंलाई बिहान–बेलुकै आफ्ना पति र छोराको झल्को आउँछ। बिहान उठ्न बित्तिकैदेखि राति सुत्नेबेलासम्म हरपल उनी आँगनतिर आँखा डुलाउँछिन्। उनलाई आशा छ, कतै पति र छोरा टुप्लुक्क घर आइपुग्ने पो हुन् कि !

आफैँ बेपत्ता र (अ)सत्य आयोग

द्वन्द्वकालीन गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरूको सत्यतथ्य अनुसन्धान, पीडितलाई परिपूरण, पीडकलाई दण्ड फेरि नदोहोरिने सुनिश्चितता एवं समाजमा मेलमिलाप कायम गर्न सिफारिस गर्न गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग एवं सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप्न सक्ने गरी सरकारले अध्यादेश जारी गरेको छ । जारी भएदेखि नै विवादित त्रुटिपूर्ण ऐन संशोधन प्रक्रियालाई थन्क्याएर म्याद मात्र थपिँदै गर्दा संक्रमणकालीन न्याय प्रक्रिया झनै अन्योल भएको छ।

त्रिशुलीमा बेपत्ता सचिवका छोरा भेटिएनन्

सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जीप त्रिशुली खस्दा वेपत्ता भएका उनका छोरा सन्तोष यादव अझै फेला परेका छैनन्। रामानन्द र उन्नती गुप्ताको शव शनिबार नै फेला परेपनि सन्तोष भने अझै बेपत्ता छन्। दुर्घटनास्थल वरपर सन्तोषको खोजी भइरहेपनि शव फेला परेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्