१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

त्रिशुलीमा बेपत्ता सचिवका छोरा भेटिएनन्

धादिङ – सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जीप त्रिशुली खस्दा वेपत्ता भएका उनका छोरा सन्तोष यादव अझै फेला परेका छैनन्। रामानन्द र उन्नती गुप्ताको शव शनिबार नै फेला परेपनि सन्तोष भने अझै बेपत्ता छन्। दुर्घटनास्थल वरपर सन्तोषको खोजी भइरहेपनि शव फेला परेको छैन। 

धमिलो पानी र गहिरो ठाउँ भएका कारण खोजी कार्यमा कठिनाई भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्ण सापकोटाले बताए। ‘हामीले सुरक्षाकर्मी परिचालित गरिरहेका छौँ, नदिको वरपर खोजीरहेका छौँ’ सापकोटाले भने, ‘तत्कार उद्दार ग¥यो भने भेटियो नत्र भेटिने सम्भावना कम हुन्छ।’ सडकको अवस्था मध्यनजर गर्दै चालकले सावधानी अपनाउनुपर्नेमा त्यसो नगरेकाले दुर्घटना बढेको सापकोटाले बताए।    

पृथ्वी राजमार्गमा भएर दैनिक १० हजार भन्दा बढी सवारीसाधन गुड्ने गर्दछ। साँघुरो र जीर्ण सडक, ओभरट्याक र ओभरस्पिटले दैनिक जसो सवारी दुर्घटना हुने गरेको छ। दुर्घटना भएर नदिमा खसेपछि बेपत्ता भएकाहरु भेट्ने सम्भावना एकदमै न्यून रहेको सापकोटाले बताए। 

गत वर्षको असोज ९ गते दारेचोक–३ घोप्टेभीरमा पूर्वगृहमन्त्री माधव घिमिरे सवार जिप अनियन्त्रित भई त्रिशूलीमा खस्दा ४ जनाको मृत्यु भएको थियो। घिमिरेसहित २ जनाको अहिलेसम्म शव फेला परेको छैन। त्रिशुली नदिमा सवारी खसेपछि बेपत्ता भएकाहरुको खोजीमा लागिपरे पनि फेला पार्न नसकेको सापकोटाको भनाइ छ।

प्रकाशित: २९ माघ २०७४ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App