१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बेपत्ता नातिनी खोज्दै गिरी

द्वन्द्वकालमा दुईमध्ये जेठो छोरो गुमाएका पर्साको सखुवा पर्सौनी गाउँपालिका महुवनका शारदा गिरी तिनै छोराको चिनो रहेकी एकमात्र नातिनी अहिले बेपत्ता भएपछि बेचैन भएका छन् । वीरगन्जमा पत्रकार सम्मेलन गिरी र उनकी श्रीमती पार्वती १४ वर्षीया नातिनी काजलको अत्तोपत्तो नभएको घटना सुनाइरहँदा भक्कानिए । उनीहरूले नातिनी गायब भएको घटनालाई प्रहरीले गम्भीरतापूर्वक नलिएकाले उनको खोजतलासमा कठिनाइ भइरहेको आरोप लगाए ।

त्रिशुली दुर्घटना अपडेट :  बेपत्ता सचिवको शव फेला, दुई अझै बेपत्ता

त्रिशुली नदीमा जिप खस्दा बेपत्ता भएका सिचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको शव फेला परेको छ । सिट बेल्ड लगाइएको अवस्थामा जीपभित्र नै उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी निरीक्षक संजय तिमिल्सनाका अनुसार जिप सचिव यादवले नै चलाएका थिए।

सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन बेपत्ता

सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुली नदीमा खस्दा उनीसहित तीन जना बेपत्ता भएका छन्।

त्रिशूलीमा ट्यांकर खस्दा चालक च्यापिए, सहचालक बेपत्ता

नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिकै दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक गाडीमा च्यापिएका छन् भने सहचालक बेपत्ता भएका छन् ।

लाङटाङ खोलामा खसेर गाइड बेपत्ता

लाङटाङ खोलामा खसेर गाइड बेपत्ता भएका छन्। ट्रेकिङको लागि लाङटाङ पुगेका संखुवासभा जिल्ला साबिकको याफू गाविस–९ का ४० बर्षीय पासाङछेन्दी शेर्पा आइतबार बिहान ११ बजेतिर फर्कने क्रममा खोलाबाट खसेर  बेपत्ता भएका हुन्।

बेपत्ता भएको ९ महिनापछि कंकाल भेटियो

तेह्रथुममा बेपत्ता भएको ९ महिनापछि एक व्यक्तिको कंकाल फेला परेको छ । म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बूको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो।

ट्यूव चढेर नदी तर्ने क्रममा एक बेपत्ता

ट्यूव चढेर नदी तर्नेक्रममा खोटाङमा वडाध्यक्षको छोरा बेपत्ता भएका छन्। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईको १४ वर्षीय छोरा किरण राई दुधकोसीमा बेपत्ता भएका हुन्।

‘सत्य’ ‘बेपत्ता’का तीन वर्ष

यो लेख करिब तीन वर्षअघि गठन भएका सत्य निरूपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी छानबिन आयोगका सन्दर्भमा लेखिएको छ । दुई वर्षे कार्यकालपछि थप एक वर्ष यही माघ २६ गते सकिने भए पनि शुक्रबार मन्त्रिपरिषद्को निर्णयबाट यिनको आयु अध्यादेशमार्फत एक वर्ष फेरि लम्बिने भएको छ । मुलुकको शान्ति प्रक्रियाको एक प्रमुख अंग मानिएको संक्रमणकालीन न्यायलाई (द्वन्द्वकालीन घटना सम्बन्धमा) सम्बोधन गर्न यी दुवै आयोग बनेका हुन् ।

बेपत्तासम्बन्धी उजुरीमाथि प्रारम्भिक छानबिन, ८० प्रतिशतमा राज्य दोषी

द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकका परिवारबाट परेका उजुरीमाथिको प्रारम्भिक छानबिनमा राज्य बढी दोषी पाइएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गरिरहेको प्रारम्भिक अध्ययनले कुल उजुरीमध्ये ८० प्रतिशतमा राज्य दोषी देखाएको छ । ‘प्रारम्भिक अध्ययनका क्रममा सरदरमा ८० प्रतिशत मुद्दामा तत्कालीन राज्य पक्ष दोषी पाइएको छ,’ आयोगका एक अधिकारीले नागरिकसँग भने, ‘२० प्रतिशतमा तत्कालीन विद्रोही पक्ष दोषी पाइएको छ ।’

एक महिनादेखि किशोर बेपत्ता

सप्तरीको राजविराजबाट विगत एक महिनादेखि एक किशोर बेपत्ता भएका छन् । राजविराज नगरपालिका वडा नं १२ निवासी बिजलीप्रसाद यादवका १३ वर्षीय छोरा मिथिलेश गत मंसिर ८ गतेदेखि बेपत्ता रहेको उनको परिवारले जनाएको छ ।

कलिगण्डकी करिडोरमा स्काभेटर पुरियो, एक बेपत्ता

वेगनाशकाली ६, मन्द्राङ्गमा स्काभेटर पुरिँदा एक जना बेपत्ता भएका छन् । रोकिराखेको स्काभेटरमा पहिरो खस्दा स्काभेटर सहित सहचालक सुनिलकुमार सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

एक्साभेटर पुरिँदा सहचालक बेपत्ता

कालीगण्डकी कोरिडोरको सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक्साभेटर कालीगण्डकी नदीको भीरमा अड्किएर पुरिएको छ। पहिरोमा सहचालक बझाङग जिल्ला थलास गाउँपालिकाका निवासी २१ वर्षीय सुनिलकुमार सिंह पुरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बस दुर्घटनामा बेपत्ता तीनको शव फेला

मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन्। प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क– ९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैँंडाकोट नगरपालिका–३ का विकास रेग्मीको शव फेला परेको हो।

बेपत्ताको अवस्था अझै अज्ञात

सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको ११ वर्षसम्म पनि ‘सशस्त्र द्वन्द्व’ का क्रममा विद्रोही र राज्य पक्षबाट बेपत्ता पारिएका मानिसको अवस्था खुल्न सकेको छैन् । तत्कालीन विद्रोही माओवादी र राज्य पक्षबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो।

बेपत्ता पाण्डे छ महिनापछि फेला

झण्डै छ महिनाअघिदेखि बेपत्ता स्याङ्जाका गंगाधर पाण्डे काभ्रेपलाञ्चोकमा फेला परेका छन्। मानसिक सन्तुलन गुमाएका पाण्डेलाई समाजसेवी दुर्गानाथ दाहालले फेला पारी परिवारको जिम्मा लगाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्