२२ भाद्र २०८३ सोमबार
image/svg+xml

कोप-३१: हिमाल र जलवायु न्यायको पैरवी

यस वर्ष राष्ट्रसंघीय एकतिसौं जलवायु बैठक (कोप–३१) टर्किएको प्राचीन सहर एन्टाल्यामा आउँदो नोभेम्बर ९–२० सम्म हुँदै छ।

सडकबाट पल्टिएको ट्रयाक्टरलाई मैवाखोलाले बगायो : चालकसहित दुईजना बेपत्ता

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङपाङदेखि गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्रयाक्टर पल्टिइ मैवाखोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन्।

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाई भएको छ।

भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

पार्टी संयोजक पुष्पकमल दाहालको अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा आइतबार बसेको बैठकले बाढीबाट प्रभावित क्षेत्रमा देखिएका समस्या तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका चुनौतीबारे छलफल गरेको थियो।

अमेरिकामा कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते

दुर्घटनापछि विमानस्थलमा दिउँसोको अधिकांश समय उडान प्रभावित भए। करिब २०० आपतकालीन कर्मचारी उद्धार कार्यमा खटिएका थिए। विमानको इन्जिन भागमा लागेको आगो निभाउन विशेष फोम प्रयोग गरिएको थियो।

खोजी तथा उद्धार कार्य प्रभावकारी छैन, अझै १५ हजार सुरक्षाकर्मी परिचालन गर्नुपर्छ : हर्क

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य अझ प्रभावकारी बनाउन माग गरेका छन्।

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (सोमबार) पनि बस्ने भएको छ।

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउँछन्ः प्रवक्ता चालिसे

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पश्चात जानकारी दिँदै प्रवक्ता चालिसेले १४औँ महाधिवेशन पश्चात् सदस्यता नवीकरण गरे पनि अध्यावधिक नगरेकाहरूलाई १५औँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था मिलाउने निर्णय गरिएको बताए।

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक

रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ।

भाेटेकाेशी बाढी: अन्तिम संस्कारमा पनि सकस, एउटै कोठामा दुई परिवार

बाढीले बगाएर बगरमा परिणत बेत्रावती बजारका २६ घरका ५७ सदस्य बेपत्ता छन्।

भारतको उदाहरण दिँदै सुरुङ विशेषज्ञ अर्नोल्ड भन्छन् : असम्भवजस्तो देखिनुलाई कहिल्यै असम्भव नठानौँ

सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले नेपालमा एकैपटक विभिन्न स्थानमा भइरहेका सम्भावित उद्धारका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्धार कार्यमा आशा, अनुशासन, करुणा र कर्तव्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा अलपत्र परे स्याउका गाडी, कुहिने डरले व्यापारी चिन्तामा

स्याउ व्यापारी मक्कर शाहीले शनिबारदेखि राजमार्गका विभिन्न ठाउँमा आएको पहिरो, ढुंगा र लेदोले सडक अवरुद्ध भएपछि अलपत्र परेको दुःखेसो व्यक्त गरे।

मुस्ताङको ठिनी गाउँमा प्रकृति पूजा

मुस्ताङको घरपझोङ गाउँपालिका–३ ठिनी गाउँमा स्थानीय थकाली समुदायले परम्परागत रूपमा मनाउने फालो पर्व आइतबारबाट सुरु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्