९ आश्विन २०८१ बुधबार
image/svg+xml

सुर्खेतमा बस दुर्घटना, आठको अवस्था गम्भीर

वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीस्थित दुई बस एकापसमा ठोक्किँदा बसमा सवार ३४ जना घाइते भएका छन्।

बर्दियामा बस दुर्घटना, सात जनाको अवस्था गम्भीर

काठमाडौँबाट बझाङका लागि छुटेको बस बर्दियामा दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिकामा ना ६ ख १३३९ को बस दुर्घटनाका भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन जीत महराले बताए।

अनशनमा रहेका दुई नर्सको अवस्था गम्भीर

शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका अनशनरत दुई नर्सको अवस्था गम्भीर बन्दै गएको छ। शुक्रबारदेखि अनशनमा बसेका नर्सहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाइएको छ।

शिक्षासेवी गम्भीरमान मास्केको सालिक राखिने

२००३ सालमा स्थापित भएको विश्व निकेतन मावीका पूर्वप्रधानाध्यापक गम्भीरमान मास्केको अर्धकदको सालिक स्थापना गरिने भएको छ। विश्वनिकेतन–गम्भीरमान प्रतिष्ठानले सोसम्बन्धमा जानकारी दिन शनिबार विद्यालयमा आयोजना गरेको कार्यक्रममा स्वर्गीय मास्केको पुण्यतिथि पारेर मंसिर १६ गते सालिक प्रतिस्थापन गरिने बताइयो। ‘अर्धकदको सालिक स्थापना गर्न प्रतिष्ठानले गरेको आग्रहलाई स्कुल परिवारले सकारात्मक रुपमा लिँदै सक्दो सहयोग गर्ने निर्णय भएको छ,’ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘प्रतिष्ठान र विद्यालयबीच सहकार्य गरी विद्यालय र समग्र शिक्षा क्षेत्रको सुधारका क्षेत्रमा काम गर्न हामी पनि उत्साहित छौं।’

ट्याक्सी व्यवसायीद्वारा भाडा समायोजन गर्न सरकारलाई दबाब

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ७ वर्षयता यति धेरै मूल्यवृद्धि हुँदा पनि सरकारले ट्याक्सी भाडादर समायोजन नगरेको भन्दै आपत्ति जनाए।

स्थानीय भन्छन्–गम्भीर लापरवाही’, निकाय भन्छ– अनुगमनपछि थाहा हुन्छ’

जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँ र वडा ७ वामी जोड्ने झेदीको पुल ढलान गरेको दुई दिन बित्न नपाउँदै भत्किएको हो। पुल गएको शुक्रबार ढलान गरिएको थियो।

भाइले खुकुरी प्रहार गर्दा दाजु गम्भीर घाइते

आफ्नै भाइको खुकुरी प्रहारबाट खोटाङमा दाजु गम्भीर घाइते भएका छन्। घरायसी विवादका क्रममा आफ्नै २२ वर्षीय भाई बालजित राईको खुकुरी प्रहारबाट केपीलासगढी गाउँपालिका(७ सुंदेलका २५ वर्षीय अष्टबहादुर राई गम्भीर घाइते भएका हुन्। खुकुरी प्रहारबाट उनको दुबै हातको छालामा मात्र छिन्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए।

सल्यानमा बस पल्टियो, २२ जना घाइते, चार गम्भीर

घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेका प्रहरीले जानकारी दिएको छ। घाइतेहरुलाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ भने अन्यलाई सल्यान श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको डीएसपी शाहीले बताए ।

रुकुममा बस दुर्घटना : २६ घाइते, तीन जनाको अवस्था गम्भीर

राप्ती राजमार्गको सल्यानमा बस दुर्घटना भएको छ। काठमाडौंबाट रुकुम (पश्चिम) आउँदै गरेको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

सिक्का जम्मा गरेर धनी बनेका गम्भीरध्वज (भिडियाे)

६५ वर्षीय गम्भीरध्वज जोशीले वसन्तपुरको लक्ष्मीनारायण मन्दिर तल सिक्का व्यापार थालेको ५० वर्ष बढी भैसक्यो। नेपाल बैंक सुरु हुनु अघि विदेशी लाहुरेहरु उनको पसलमा पैसा साट्न आउँथे।

बस दुर्घटनामा एक जनाको मृत्यु, आधा दर्जन बढी घाइते

रामेछापको मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा४ख ४२१० नम्बरको बस आइतबार अपरान्ह्र दुर्घटनामा परेको हो।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर, चलाइयाे एन्टिबायोटिक औषधि

विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन माग राखेर १० दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जले केसीको अवस्था गम्भीर रहेको जनाएको छ। इलाममा अनशन बसेका डा. केसीलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार राति हेलिकोप्टरमा ल्याएर त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गएिको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्