१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

सल्यानमा बस पल्टियो, २२ जना घाइते, चार गम्भीर

रुकुम - सल्यान त्रिवेणी गाउँपालिकाको काभ्राबाट सदरमुकाम खलंगातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटनामा २२ जना घाइते भएका छन्। ना५ख ७७५० नम्बरको गाडी बिहीबार दिउँसो त्रिवेणी गाउँपालिका ६ शंखमुल नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ। 

दुर्घटनामा परेर घाइते हुनेहरूमा त्रिवेणी गाउँपालिका ६ की ७० वर्षीया पार्वतीदेवी श्रेष्ठ, १५ वर्षीया सुस्मिता श्रेष्ठ, वडा न ३ की ३० वर्षीया सुभद्रा केसी, २ की ३० वर्षीया प्रेमा राम्जा मगर, ३१ वर्षीया हेमन्ता घर्ती, ७० वर्षीय भलबहादुर थापा, वडा न ६ की ४० वर्षीया पार्वती थापा, ४ वर्षीय दिलीप थापा, मञ्ज महतरा र वडा न ३ का ३५ वर्षीय धनवीर रावल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए  उनका अनुसार सोही गाउँपालिका वडा न १ का २२ वर्षीय डिल्ली थापा, ३५ वर्षीया पुष्पा बुढाथोकी, २८ वर्षीय तारा वली, १० महिनाको बच्चा सम्झना पुन, ३५ वर्षीय खड्क पुन, वडा न ३ की ५० वर्षीया गोरी बुढाथोकी, १६ वर्षीय संगम वलीलगायत छन् ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेका प्रहरीले जानकारी दिएको छ। घाइतेहरुलाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ भने अन्यलाई सल्यान श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको डीएसपी शाहीले बताए । बस ब्रेक फेल भएर एक्कासी पल्टिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान सुरु गरिएको डिएसपी शाहीले जानकारी दिए ।

 

प्रकाशित: ७ चैत्र २०७५ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App