९ आश्विन २०८१ बुधबार
image/svg+xml

गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याइने : महान्यायाधिवक्ता खरेल

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याउने गरी काम अगाडि बढाएको बताएका छन्। बुधवार महान्यायाधिवक्ता कार्यालयको नयाँ भवनको शिलान्यास गर्दै खरेलले गम्भीर प्रकृतिका मुद्दामा जतिबेला पनि अभियुक्त, जाहेरीवाला र विशेषज्ञलाई अदालतमा उपस्थित गराएर समयमै मुद्दा टुङ्ग्याउन देशभरका सरकारी कार्यालयलाई निर्देशन दिएको जानकारी गराए।

‘गम्भीर अपराधमा मिलेमताे गर्ने प्रहरी हाेइन’

सर्वोन्द्र खनाल प्रहरी महानिरीक्षक (आइजिपी) मा नियुक्त भएको सय दिन पूरा भएको छ । प्रहरीमा लामो सयमदेखि रोकिएको नियमित बढुवा प्रक्रिया उनले यसबीच फुकाएका छन् । प्रहरी प्रधान कार्यालयभित्र काज मिलाएर वर्षाैंदेखि बसेका कर्मचारीलाई कार्यक्षेत्रमा खटाएका छन्।

त्रिशुली किनारमा बस खस्दा ७ जनाको मृत्यु, ६ को अवस्था गम्भीर

काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४ पुरुष, २ महिला र १ बालकको मृत्यु भएको हो।

डा. केसीका मागप्रति गम्भीर बन्न कर्णालीका नागरिक अगुवाको आग्रह

चिकित्सा शिक्षा सुधारको माग गर्दै २६ दिनदेखि अनसनरत डा. गोविन्द केसीको मागप्रति गम्भीर बन्न कर्णालीका नागरिक अगुवाहरुले सरकारलाई आग्रह गरेका छन्। उनीहरुले डा. केसीको अनसनप्रति आम कर्णालीवासीको समर्थन रहेको बताउँदै समाजवादी भनिएको सरकारको दृष्ट्रीकोण र नीति पूर्णतः गलत दिशातर्फ उन्मुख रहेको बताएका छन्।

खुकुरी प्रहारबाट महिला गम्भीर

उदयपुरमा श्रीमानको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन्।  सोमबार साँझ त्रियुगा नगरपालिका ११ गाईघाट संगमटोलकी अर्पण पराजुली श्रीमान् सुवास पराजुलीको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी हुन्।

सर्लाहीमा करेन्ट लागेर २ को मृत्यु, एक गम्भीर

सर्लाहीमा विद्युतीय करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छिन्। जिल्लाको दक्षिण–पूर्वी क्षेत्र हरिपूर्वा नगरपालिका–९, बसन्तपुरको बगेबा गाउँ निवासी ३६ वर्षीय नरेन्द्र चौधरी र १४ वर्षीया सुनिता खत्वे मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय २० वर्षीया फूलोदेवी महतो गम्भीर घाइते भएकी छिन्।

मन्त्रीकाे अभिव्यक्तिमा प्रधानमन्त्रीकाे माैनता झनै गम्भीर : कांग्रेस

कानुनमन्त्री शेरबहादुर तामाङले गत साउन ४ गते दिएको अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्ती जनाएको छ।

डा.केसीकाे मागमा सरकार गम्भीर बनाेस् : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गर्न सरकारसँग अाग्रह गरेका छन्।

घाइते प्रहरी जवानलाई नेपालगन्ज ल्याइयो, अवस्था गम्भीर

गोली लागेर जुम्लामा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ । उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आईसियुमा भर्ना गरेर उपचार थालिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए।

घाइते प्रहरीको अवस्था गम्भीर तर खतरामुक्त

२० दिनदेखि अनशनरत डा. गोविन्द केसीको अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपमा चलाइएकाे गोली लागि एक प्रहरी गम्भीर घाइते भएका छन्।

डा. केसीका समर्थकमाथि लाठीचार्ज २ दर्जन घाइते, २ को अवस्था गम्भीर

जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रहरीले लाठी चार्ज गर्दा करिब २ दर्जन समर्थक विद्यार्थी घाइते भएका छन्।

डा. केसीको अवस्था गम्भीर, चिकित्सकले दिए चेतावनी

चिकित्सा शिक्षा सुधार र गुणस्तरीय स्वास्थ्य सेवाका लागि १९ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

निःसन्तान समस्यामा गम्भीरता आवश्यक

जीव वनस्पतिको प्राकृतिक नियम हो– आफूजस्तै सन्तान उत्पादन गर्नु, उनीहरूको हेरचाह रेखदेख, लालनपालन गर्नु,  वयस्क पारेर सन्तान उत्पादन गर्ने अवस्थामा पु-याउनु । यो नियम अनादि कालदेखिको हो । यो प्राकृतिक चक्र करौडौँ वर्षदेखि निरन्तर छ, निरन्तर चलिरहनेछ । खास गरेर मानव लगायतका जीवहरूमा विपरीत लिंगीहरू आपसमा समागम गर्ने र स्त्री जातिका जीवहरूले जीवअनुसार फरक–फरक समय गर्भधारण गरेर अन्त्यमा आफूजस्तै सन्तान उत्पादन गर्ने नियम प्राकृतिक हो तर कतिपय अवस्थामा यस्तो प्राकृतिक चक्र अवरुद्ध हुन जान्छ । सन्तान उत्पादनमा समस्या सिर्जना हुन्छ । मानव जातिमा निःसन्तान दम्पती र परिवारका लागि ठूलो पिरलो बन्ने गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्