२४ वैशाख २०८३ बिहीबार
image/svg+xml

पोखरा विमानस्थल प्रकरण: पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अर्बौँ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, दुई पूर्वसचिवसहित १३ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

ज्यान मार्ने उद्योगका फरार अभियुक्त ५ वर्षपछि समातिए

उदयपुर प्रहरीले ५ वर्ष कैद सजाय पाए पनि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ।

अन्नपूर्ण क्षेत्र: ६८ प्रतिशत पाहुना सार्क मुलुकका

सन् २०२६ को सुरुको चारमहिना (जनवरी–अप्रिल) अवधिमा अन्नपूर्ण क्षेत्रमा सबैगरि १ लाख ५२ हजार ४ सय ८६ जना विदेशी पर्यटक घुमघामका लागि पुगे। तीमध्ये ६८ प्रतिशत (१ लाख ४ हजार २ सय २७) जना पर्यटक सार्क मुलुकका पाहुना छन्। बाँकी ४८ हजार २ सय ५९ जना पाहुना भने अन्य तेश्रो मुलुकका छन्।

नेपालले १६ युरोपेली देशसँग श्रम सम्झौताको पहल गर्दै

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव ले १६ वटा युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गरिने बताएका छन् ।

यार्सा खोज्दै विद्यार्थी हिमालतिर, कक्षाकोठा रित्तै

नयाँ शैक्षिक सत्र सुरु भएपनि जुम्लाको पातारासी गाउँपालिकाका सामुदायिक विद्यालयहरू यतिबेला विद्यार्थीविहीन छन्।

एकदिवसीय शृंखला: अष्ट्रेलियाले पाकिस्तानको भ्रमण गर्ने

अष्ट्रेलियाली पुरुष क्रिकेट टोलीले तीन खेलको एकदिवसीय शृङ्खलाका लागि पाकिस्तानको भ्रमण गर्ने भएको छ।

आँसु लुकाउँदै सामान सार्दै कोहलपुरका सुकुम्बासी

बिहीबार बिहान कोहलपुर–११ रङ्गशाला अगाडिको बस्तीमा पानी परिरहेको थियो। झरीसँगै सुकुम्बासी बस्तीमा अर्को पीडा पनि पोखिइरहेको थियो। कसैले टिन उखेले, कसैले बाँस भाँचे। त्यहाँ घर मात्र भत्किएका थिएनन्, धेरैको सपना र सङ्घर्ष पनि भत्किएको थियो।

श्रममन्त्री भन्छन्: भिजिट भिसामा घरेलु कामदार बनेर विदेशिने महिलाको तथ्यांक राज्यसँग छैन

मन्त्री रामजी यादवले घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम ओरालो लाग्न रोकिएन

१३ उपसमूहमध्ये बिहीबार ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

गल्ती गरेको छैन, डर पनि छैन, सोधे हुन्छ, खोजे हुन्छ: जगदिश खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूविरुद्ध नियोजित रूपमा भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।

रोशीमा फेरि आयो बाढी, बीपी राजमार्ग हिँड्न जोखिम, अहिले बाटो बन्द

रोशी खोलामा पानीको बहाव बढ्ने सम्भावना देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी आवागमन तत्कालका लागि रोकिएको जनाएको हो ।

काठमाडौंका दुई हजार ६८७ घरमा चल्यो डोजर, १५ हजार विस्थापित

जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरणअनुसार बस्ती हटाउने अभियानका क्रममा २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो ।

भाषा मौलिक पहिचानको आधार स्तम्भ हो : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले भाषा मौलिक पहिचानको आधार स्तम्भ भएको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्