४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री देउवा वीरगञ्जमा

प्रधानमन्त्री शेरबहादुर देउवा आज विभिन्न कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका छन्। केही समयअघि वीरगञ्ज पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय पार्टी नेता कार्यकर्ता तथा विभिन्न सरकारी निकायका प्रमुखहरुले स्वागत गरेका थिए।

प्रधानमन्त्री देउवा-फ्रान्सेली प्रतिनिधिमण्डल भेट: व्यापार र लगानी अभिवृद्धिमा जोड

नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ।

संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ: प्रम देउवा

नारी मुक्ति आन्दोलनका अभियन्ताहरूको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ।

सरकार अल्पसङ्ख्यक र सिमान्तकृतका अधिकारलाई सुनिश्चित गर्न क्रियाशील छः प्रम देउवा

उनले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यहाँ हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताएका छन्।

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

वार्तामा युक्रेन संकटबारे संयुक्त राष्ट्रसङ्घीय महासङ्घको विशेष बैठकमा निर्धारित बहस र मतदानअघि युक्रेनमाथि रुसले गरेको आक्रमणबारे छलफल भएकाे बताइएकाे छ।

धार्मिक एवं सांस्कृतिक पर्व संवर्द्धनमा सरकार प्रतिबद्ध छः देउवा

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्री हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए।

यसरी पारित भयो

प्रतिनिधिसभाको आइतबारको बैठकले नेपाल सरकार र अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको छ।

मन्त्रिपरिषद्‌‌को बैठक बस्दै

अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि ११ बुँदामा व्याख्यात्मक घोषणा गरिने भएपछि मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको हो।

प्रचण्ड र नेपालले एमसीसी पारित गराउन देउवालाई वचन दिएका छन्ः केपी ओली

अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताएका हुन्।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच आज पुनः भेटवार्ता हुँदै

पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी भेटवार्ता हुन लागेको हो।

एमसिसी अल्झनः लचिलो बन्दै माओवादी, अडानमै एमाले

सत्ता गठबन्धन पनि नटुट्ने र एमसिसी सम्झौता पनि अनुमोदन हुनेगरी उनीहरूले प्रधानमन्त्री देउवालाई विभिन्न विकल्प सुझाएका छन्। तर प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरू प्रमुख प्रतिपक्षी एमालेको साथ खोज्न शुक्रबार साँझ पनि अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए। पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई साथ लिएर उनी ओली निवास पुगेका थिए।

देउवा-ओलीका आआफ्नै अडान, बैठक बिनानिष्कर्ष टुंगियो

ओली निवास बालकोटमा शुक्रबार राति भएको छलफलमा प्रधानमन्त्री देउवाले सवैको सहमतिमा एमसीसीलाई अनुमोदन गर्न प्रस्ताव गरेका थिए।

एमसीसी सदनबाट निष्कर्षमा पुग्ने वातावरण तयार भयो: सञ्चारमन्त्री कार्की

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा नेपाली कांग्रेस र नेकपा (एमाले) का अन्य शीर्षनेताहरूसमेत सहभागी उक्त छलफलमा संसद्को अवरोध हटाउने र एमसिसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

देउवाले अमेरिकी दबावलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरे: नेता खनाल

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबावलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको बताएका छन्।

देउवाको आग्रह ओलीद्वारा अस्वीकार

भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको रिजालको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्