९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासंग टेलिफोन वार्ता गरेका छन्। वार्तामा युक्रेन संकटबारे संयुक्त राष्ट्रसङ्घीय महासङ्घको विशेष बैठकमा निर्धारित बहस र मतदानअघि युक्रेनमाथि रुसले गरेको आक्रमणबारे छलफल भएकाे बताइएकाे छ।

मङ्गलबार राति रुसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्ने विषयमा छलफल गर्न आफूले प्रधानमन्त्री देउवासँग फोन गरेको ट्वीटरमार्फत ब्लिन्केनले जानकारी दिएका छन्।

रुसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको समर्थनका विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले बताए। उनले नेपालले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई समर्थन गरेको बताए।

नेपाल राष्ट्रसंघ मानवअधिकार परिषद्मा रुसको विरुद्धमा उभिएको छ र युक्रेनमा रुसले गरेको अव्यावहारिक, अनुचित र पूर्वनियोजित आक्रमणको विरुद्ध संयुक्त राष्ट्र संघको विशेष सत्रमा बोलेको छ। नेपालले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संयुक्त राष्ट्रसंघको बडापत्रको सिद्धान्तको सम्मान गर्ने महत्त्वलाई विश्वस्त रूपमा उजागर गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले नेपालमा एमसीसी परियोजना कार्यान्वयनका विषयमा पनि कुराकानी भएको बताए। ब्लिन्केनले सन् २०२२ ले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको ७५ वर्ष पूरा गरेको उल्लेख गर्नुभयो। मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसँग नेपालले अघि बढ्ने निर्णयले विद्युत् प्रसारण र सडक आयोजनाले रोजगारी, पूर्वाधार निर्माण र नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउन सक्ने ब्लिन्केनले बताए।

प्रवक्ता प्राइसका अनुसार ब्लिन्केनले कोभिड(१९ महामारीबाट राम्रोसँग पुनस् निर्माण गर्ने प्रयासलाई बलियो बनाउन र जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्न संयुक्त रूपमा काम गर्न पनि सहमत भएका छन्।

ट्विट गर्दै देउवाले नेपालको गरिबी निवारण, विकास र जलवायु परिवर्तनका विषयमा छलफल केन्द्रित भएको बताए। 'हामी हाम्रो प्रगतिको लागि ठछ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्दछौं,' उनले लेखेका छन्।

प्रकाशित: १८ फाल्गुन २०७८ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App