१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देउवा-ओलीका आआफ्नै अडान, बैठक बिनानिष्कर्ष टुंगियो

प्रतिनिधि सभाको अवरोध हटाउने र एमसीसी अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटवार्ता बिना निष्कर्ष टुंगिएको छ। ओली निवास बालकोटमा शुक्रबार राति भएको छलफलमा प्रधानमन्त्री देउवाले सवैको सहमतिमा एमसीसीलाई अनुमोदन गर्न प्रस्ताव गरेका थिए। त्यसका लागि ओलीले पुरानै अडान दोहोर्याएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए। ‘पहिला हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस्, प्रतिनिधि सभा प्रवेश गर्ने द्वार खोजिदिनुस्’, ओलीको जवाफ उद्धृत गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले भने।

प्रधानमन्त्री देउवाले भने पहिले एमसीसीलाई अनुमोदन गर्ने र त्यसपछि अन्य विषयमा छलफल गरेर अगाडि बढ्ने प्रस्ताव एमाले नेताहरूलाई गरेका थिए । 'पहिले एमसीसीलाई अनुमोदन गरौँ त्यसपछि सबै विषयमा छलफल गरेर अगाडि बढौँला,' प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले भने।

कांग्रेसको तर्फबाट देउवासहित सञ्चारमन्त्री कार्की, कांग्रेस महामन्त्री गगन थापा र पूर्णबहादुर खड्का बैठकमा सहभागी थिए। एमालेको तर्फबाट भने अध्यक्ष केपी ओलीसहित महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए।

प्रकाशित: १३ फाल्गुन २०७८ १६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App